coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डोरियन आँधीबाट २५ सय बेपत्ता

फ्रिपोर्ट बहमास – संयुक्त राज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५ सय व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले बुधबार जानकारी दिएको छ।

यस भीषण आँधीको कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। उद्धारकर्ताले जीवितै व्यक्ति उद्धार गर्न सकिने आशा मारेको बताएका छन्। उनीहरुले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान पनि गरेका छन्।

गत शुक्रबारसम्म सो आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको थियो। थप केही शवहरु भेटिए पछि मृतकको संख्या ५० पुगेको बुधबार बताइएको छ। बहमास द्वीपका नागरिकका लागि डोरियन ‘इतिहासकै दुःखान्त’ भएको प्रधानमन्त्री हुबर्ट मिन्निसले बताएका छन्। यसैबीच आँधीमा परी उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन्।

 

प्रकाशित: २७ भाद्र २०७६ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App