१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘धेरै भात खाए मोटोपना रोक्न सकिन्छ’

होनोलुलु, – मोटोपनाले तपाईं दुःखी हुनुहुन्छ ? पेट भर्ने गरी भात खान पाउनु भएको छैन ? यदि त्यसो हो भने भात मन पराउनेहरुका लागि एउटा सुखद् समाचार छ। भात धेरै खाए मोटो भइन्छ भन्ने परम्परागत सोच बदल्नु पर्ने अवस्था आएको छ।

एउटा अध्ययनले भात खाएर मोटोपना बढ्ने नभई रोक्न मद्दत गर्ने देखाएको छ।जापानका अनुसन्धानकर्ताहरुले औसत रूपमा भात खाने मानिसलाई मोटोपना घटाउन सजिलो हुने बताएका छन्। उनीहरुका अनुसार एउटा कपको लगभग एक चौथाई भात खाने मानिसलाई मोटोपना घटाउन सजिलो हुनसक्छ।

‘तौल बढ्नबाट रोक्नका लागि भात खानु लाभदायक देखिएको छ,’ अनुसन्धानको नेतृत्व गरेका तोमोको इमाईले बताएका छन्। ‘चामलका दानादानाबाट प्राप्त हुने फाइबर, पौष्टिक तत्व र विरुवाजन्य पदार्थले पेट भरिएको अनुभूति गराउने र थप खान मन लाग्नबाट रोक्ने देखिएको छ,’ उनले बताए।

अनुसन्धानकर्ताहरुले चामलबाट बनेका सबै उत्पादनलाई अनुसन्धानको नजरबाट हेरेको बताइएको छ। उनीहरुले सेतो र खैरो चामल, चामलको पिठो र ती चामलजन्य सबै चिजको उपभोग गरेर अनुसन्धान गरेको बताइएको छ। अनुसन्धानकर्ताहरुले ती चामलको उपभोग र सोबाट उत्पन्न हुने ऊर्जाबारे एक सय ३६ राष्ट्रका १० लाखभन्दा बढी मानिसमा अनुसन्धान गरेका थिए।

अनुसन्धानपछि भातको बढी उपभोग गर्ने राष्ट्रहरु जस्तैः बंगलादेश, लाओस् र कम्बोडियामा मोटोपनाको तह तुलनात्मक रूपमा कम रहेको अनुसन्धानकर्ताहरुले पत्ता लगाएका थिए। अनुसन्धानकर्ताहरुले भातको कम उपभोग गर्ने फ्रान्स, बेलायत र अमेरिकामा मोटोपनाको बढी समस्या देखिएको बताएका छन्।

‘दैनिक खानाका रूपमा भात खाने राष्ट्रमा मोटोपनाको दर कम रहेको अनुसन्धानबाट देखिएको छ,’ अनुसन्धानको नेतृत्व गरेका इमामीले बताए। त्यसैकारणले पनि चामलबाट बनेका जापानी वा एसियाली प्रकारका खानाले मोटोपना रोक्न सक्छ,’ उनको भनाइ छ।

इमामीले अनुसन्धानले कारण र असर सम्बन्ध स्थापना नगरेको भए पनि यसबारे थप अनुसन्धान आवश्यक रहेकोमा जोड दिएका छन्।

प्रकाशित: २५ वैशाख २०७६ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App