१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

चीनमा राष्ट्रपति भण्डारीद्वारा नेपाली भाषामा सम्बोधन

काठमाडाैं - दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ फोरममा सहभागी हुन चीन गएकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भाषामा सम्बोधन गरेकी छन्। 

सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कनेक्टिभिटीमा जोड दिएकी छन्। ‘राष्ट्रपति सी जिनपिङले बीआरआई परियोजनाबाट मानव जातिको भविष्य निर्माणमा पहलकदमी लिएका छन्,’ राष्ट्रपति भण्डारीले आफ्नो सम्बोधनमा भनेकी छन्।

संरक्षवादी प्रवत्ति विश्वमा बढ्दै गएको बताउँदै राष्ट्रपति भण्डारीले आफ्नो सम्बोधनमा यसले भावि पुस्तालाई फाइदा नपु-याउने भन्दै खुला विश्वको पक्षमा आफ्नो मत जायर गरेकी छन्।

दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ फोरममा सहभागी हुन वैशाख ११ गते राष्ट्रपति भण्डारी चीन प्रस्थान गरेकी थिइन्।

राष्ट्रपतिको हुवावे कम्पनी भ्रमण रद्द

बिहीबार बेजिङमा रहेको हुवावेको कम्पनीको प्रधान कार्यालय भ्रमण गराउने चिनियाँ प्रयास सफल नभएको बताइएको छ।

राष्ट्रपति भण्डारीको भ्रमण दलमा रहेका एक सहभागीले जनाएअनुसार राष्ट्रपति भण्डारीलाई हुवावे कार्यालय भ्रमणमा चीनस्थित नेपाली दूतावासले पनि जोड दिएको बुझिएको छ। यद्यपि राष्ट्रपतिको भ्रमण हुन नसकेको बताइएको छ।

हुवावे कम्पनीको प्रमुख कार्यकारी अधिकृत मेङ वाङजुलाई गत डिसेम्बरमा क्यानडाले नियन्त्रणमा लिएको थियो।  अमेरिकाको आग्रहमा क्यानेडाले मिङलाई नियन्त्रणमा लिई अमेरिकालाई नै सुपुदर्गी गरेको थियो।

हुवावे कम्पनीले अमेरिकामा गुप्तचरीको काम गरेको अभियोगसहित कम्पनीका प्रमुखलाई अमेरिकाले नियन्त्रणमा लिएको थियो। शुक्रबारबाट बेजिङमा सुरु दोस्रो बीआरआई सम्मेलनमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारीलाई बिहीबार हुवावेको कम्पनी भ्रमण गराउने काक्रक्रम थियो।

कम्पनीकी प्रमुख मिङलाई नियन्त्रणमा लिएपछि अमेरिका र चीनको सम्बन्धमा वैमनश्यता उत्पन्न भएको छ। यस्तो अवस्थामा नेपाली राष्ट्रपति भण्डारीले उक्त कम्पनीको भ्रमण गर्दा त्यसले गलत सन्देश प्रवाह हुने भएकाले राष्ट्रपतिलाई भ्रमण नगर्न सुझाव दिएको भ्रमण दलका प्रतिनिधिले बताए हुन्।

नौ दिने चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: १३ वैशाख २०७६ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App