१८ माघ २०८२ आइतबार
image/svg+xml
समाज

कर्णालीमा लागूऔषधकाे जालो तोडियो

कर्णालीमा लागूऔषधको जालो तोडिएको छ। माधवप्रसाद श्रेष्ठ कर्णाली प्रदेश प्रहरी प्रमुख भएर आएसँगै कर्णालीबाट निर्यात हुने ठुलो मात्रामा अफिम बरामदसँगै जालो पनि तोडिएको हो।

कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा २०८२ जेष्ठ २१ गते सरुवा भएर आएका डिआइजी माधवप्रसाद श्रेष्ठले आफ्नो कार्यकालमा भएगरेका प्रगतिहरू संचारकर्मीहरू बोलाएर सुनाए। श्रेष्ठ सरुवा भएर केन्द्रिय अनुसन्धान ब्यूरोमा जाँदै गर्दा आफूले कर्णालीमा बस्दा गरेको कामकार्वाहीबारे जानकारी दिएका हुन्।

यसअघिका डिआइजीहरू आउँदा संचारकर्मीसँग परिचय कार्यक्रम राख्ने जाँदा सुटुक्क जाने गर्दर्थे। त्यो परम्परा तोड्दै डिआइजी श्रेष्ठले संचारकर्मीहरू बोलाएर आफू प्रहरी प्रमुख हुँदा कर्णालीमा भएगरेको कामहरू (प्रगति) प्रस्तुत गरेका हुन्। उनी डिएसपी हुँदादेखि एसपी, एसएसपी हुँदै डिआइजीसम्म कर्णालीका विभिन्न भागमा जागीरे जीवन बिताएका श्रेष्ठले कर्णालीको भूगोलसँग चिरपरिचित हुन्। जिल्लादेखि प्रदेशमुकामसम्म कुनै पनि गतिविधि हुँदा सहज सूचना पाएसँगै कार्यान्वयनमा तलिन भइरहने हुँदा अप्रिय घटनाको सामना गर्नु परेन।

लागूऔषधको जालो तोड्नेदेखि फरार अभियुक्त पक्राउ, प्रहरी चौकी भवन निर्माण, राजश्व अनुसन्धान छली, ट्राफिक व्यवस्थापन, मुद्दा दर्ता तथा घटनाका आरोपत पक्राउ, पेण्डिङ मुद्दाहरूमा बढी फर्छौट लगायतका प्रगतिहरू भएको बताए।

आएलगत्तै भएको अप्रेशनमा जुवा खेलेका ४८ जना पक्राउ गरी मुद्दा चलाए। त्यसपछि आफ्नो कार्यकालमा १ सय २२ वटा लागू औषधका मुद्दा दर्ता भएकोमा २ सय जनालाई पक्राउ गरी मुद्दा चलाएको समेत बताए।

ब्राउन सुगर १ सय ८७ ग्राम, १ सय ७७ मिलिग्राम, गाँजा ९ सय ४४ ग्राम, ४ सय ५५ मिलिग्राम, चरेश ९१ ग्राम, ९ सय ८१ मिलिग्राम, अफिम ३६ केजी, १ सय १२ ग्राम र ५ केजी ३ सय ७० ग्रामको विउ, अन्यमा ३२ सय ८९ ट्याबलेट नाईट्राजेपाम र २६ सय एमएल कोडिल रहेको छ।

त्यस्तै लागूऔषध गाँजा खेती गरिएको अवस्थामा ४ सय ८३ रोपनी खेती नष्ट गरिएको जनाइएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) माधवप्रसाद श्रेष्ठले आफूले कर्णालीमा आएसगै यातायातमा हुने गरेको बेथिति रोक्नेदेखि प्रहरी चेक पोष्टहरुमा गरिने सवारीसाधन चेकजाँच रोक्ने कार्य गरिएको बताए। ‘यात्रु, ब्यवसायीहरू हैरानी हुने गरिरहेको प्रहरी चेकजाँच रोकिएको छ।’

कर्णाली प्रहरी प्रमुख (डिआइजी) श्रेष्ठले भने, जिल्ला छिर्ने मुख्य नाकाबाहेक अन्य पोष्टहरूमा चेकजाँच रोकिएको छ। लागूऔषध नियन्त्रणदेखि जनताबाट आएको सुझाव, गुनासो कार्यान्वयनमा लगेसँगै शान्ति सुरक्षामा ठुलो प्रगति भएको छ।’

प्रकाशित: १० माघ २०८२ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App