२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

संखुवासभाको विकासमा सबैको योगदान आवश्यक: बालेन्द्र साह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले संखुवासभाको पर्यटन विकासमा सबैको प्रयास आवश्यक रहेको बताएका छन्। पहिलो पटक संखुवासभा पुगेका साहले विश्वभरिका पर्यटकले पुग्नुपर्ने गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए।

संखुवासभा रुद्राक्षका लागि परिचित रहेको बताउँदै उनले नेपाली तथा विदेशी पर्यटकलाई यहाँसम्म ल्याउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। साथै पर्यटनसँगै कृषि विकासलाई पनि प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

पूर्वी भेग प्राकृतिक रूपमा अत्यन्तै सुन्दर भए पनि टाढाबाट मात्र यसको महत्त्व थाहा नहुने उल्लेख गर्दै साहले पर्यटन प्रवर्द्धनमार्फत यस क्षेत्रको पहिचान बढाउनुपर्ने बताए।  

रास्वपाका अर्का उम्मेदवार मिङ्मा शेर्पासँगको भेटका क्रममा साहले उक्त धारणा राखेका हुन्। झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका साह पछिल्लो समय विभिन्न जिल्लामा पुग्दै आफ्नो चुनावी प्रचारप्रसारमा सक्रिय छन्।  

प्रकाशित: १० माघ २०८२ १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App