१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

ह्यारी-मेगनकाे विवाह आज

 लन्डन - बेलायती राजकुमार ह्यारी र उनकी प्रेमिका अमेरिकी अभिनेत्री मेगन मार्कलको विवाह विन्ड्सर क्यासलमा अाज मे १९ मा हुँदैछ। उनीहरूकाे विवाहमा सर्वसाधारणलार्इ समेत अामन्त्रण गरिएकाे छ।

उनीहरूबीच शनिबार अाज अपराहन्न लण्डनमा विवाह हुँदैछ।सिंहासनको लाइनमा छैटौँ नम्बरमा रहेका ह्यारी र मर्केलले १८ महिनाको प्रेम सम्बन्धपछि पाँच महिनाअघि इनगेजमेन्ट भएकाे थियाे।

ह्यारी र मेगनको विवाहको प्रत्यक्ष साक्षी बन्नका लागि एक लाख भन्दा बढी मानिस विन्डसर पुगेको बताइएको छ।  विवाहका लागि  करिब ६०० पाहुना आमन्त्रित छन् । विवाहमा आउने पाहुनालाई ह्यारी र मेगनले उपहार नल्याउन बरु त्यसको साटो आफूलाई मन पर्ने सहयोगी संस्थालाई सहयोग गर्न आग्रह गरेका छन्।सेन्ट जर्ज क्यापेल चर्चमा हुने विवाहमा मेगनका बुबा अनुपस्थित हुने बताइएकाे छ।

 

प्रकाशित: ५ जेष्ठ २०७५ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App