२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

समानुपातिकतर्फ ६४ राजनीतिक दल दर्ता, ३ हजार ४२४ उम्मेदवार (सूचीसहित)

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूको दर्ता प्रक्रिया पूरा गरेका छन्। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म समानुपातिकतर्फ कुल ६४ वटा राजनीतिक दल दर्ता भएका छन्।

दर्ता भएका राजनीतिक दलहरूले ५८ वटा निर्वाचन चिह्न पाएका छन्। जसमा ५४ वटा राजनीतिक दलहरूले आफ्नै निर्वाचन चिह्न प्रयोग गरेका छन्। अन्य १० वटा राजनीतिक दल भने एकल निर्वाचन चिह्नमा ४ वटा निर्वाचन चिह्न लिएर दर्ता भएका छन्।

समानुपातिकतर्फ दल दर्ता गराउने क्रममा कुल ३ हजार ४ सय २४ जना उम्मेदवार रहेका छन्। राजनीतिक दलका तर्फबाट पेस गरिएका उम्मेदवारहरूले समानुपातिक प्रणालीमार्फत सांसदका लागि प्रतिस्पर्धा जाने भएका छन्।

 

प्रकाशित: १५ पुस २०८२ ०७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App