२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस् : कार्यवाहक सभापति खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भनेर तमु ल्होसारको शुभकामना व्यक्त गरेका छन्।

तमु (गुरुङ) जातिको महान पर्व ‘तमु ल्होसार’ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति खड्काले यो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका हुन्।

'तमु जातिको नयाँ वर्षका रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको छ। यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको छ,' उनले भनेका छन्।

कार्यवाहक सभापति खड्काले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र मेरो व्यक्तिगततर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: १५ पुस २०८२ ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App