१३ माघ २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा दुई साताभित्र ९ सय बढी भूकम्प

पछिल्लो दुई साताभित्र दक्षिणी जापानको दुर्गम र कम जनसंख्या भएको टापुहरूमा ९ सयभन्दा बढी भूकम्प गएको छ। जसका कारण यस क्षेत्रका मानिसहरू चिन्तित छन् र रातभर जागा बसिरहेका छन्।

बुधबारको ५.५ म्याग्निच्युडको भूकम्पपछि अधिकारीहरूले जुन २१ देखि टोकारा टापु वरपरको समुद्रमा भूकम्पीय गतिविधि धेरै सक्रिय रहेको बताएका छन्।

अधिकारीहरूले हाल कतैबाट कुनै क्षतिको समाचार नआएको र सुनामीको चेतावनी पनि जारी नगरिएको बताए। तर आवश्यक परेमा मानिसहरूलाई तयार रहन भने भनिएको छ।

'राति यहाँ सुत्न धेरै डरलाग्दो भएको छ। यस्तो लाग्छ कि घर सधैं हल्लिरहेको छ,' एक स्थानीय बासिन्दाले क्षेत्रीय प्रसारक एमबीसीलाई भने।

जापान विश्वको सबैभन्दा भूकम्पीय सक्रिय देशहरू मध्ये एक हो, जहाँ हरेक वर्ष लगभग १५ सय भूकम्प जाने गर्छन्। एजेन्सी

प्रकाशित: १९ असार २०८२ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App