१० माघ २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिना कैद सजाय

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिना कैदको सजाय सुनाएको छ।

गत वर्ष जुलाईमा तत्कालीन सरकारविरुद्ध भएको विशाल प्रदर्शनपछि सत्ता छाड्न बाध्य भएकी शेख हसिनालाई कुनै मुद्दामा सजाय सुनाइएको यो पहिलो पटक हो।

यसै मुद्दामा अर्का अभियुक्त शकील अकन्द बुलबुललाई दुई महिना कैदको सजाय तोकिएको छ। एक पत्रकार सम्मेलनमा मुख्य अभियोजक ताजुल इस्लामले भने, ‘यो सजाय उहाँ (शेख हसिना) ले आत्मसमर्पण गरेको वा प्रहरीले पक्राउ गरेको दिनबाट लागू हुनेछ।’

यसअघि मुख्य अभियोजक ताजुल इस्लामले नै शेख हसिनाविरुद्ध अदालतको अवहेलनाको उजुरी दर्ता गराएका थिए।

प्रकाशित: १८ असार २०८२ १६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App