११ माघ २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आफ्नो उत्तराधिकारीबारे बोले दलाई लामा

तिब्बती बौद्ध आध्यात्मिक नेता दलाई लामाले बुधबार आफ्नो भिडियो सन्देशमा आध्यात्मिक नेता छान्ने परम्परा उनको मृत्यु पछि पनि जारी रहने बताएका छन्।

बौद्ध धर्मका तिब्बती आध्यात्मिक नेताले उत्तराधिकारी छान्ने परम्परा जारी रहने कुरा यति स्पष्ट रूपमा भनेको यो पहिलो पटक हो।तिब्बती बौद्ध नेता लामा यस हप्ता ९० वर्षको हुनेछन्। 

उनले आफ्नो पुनर्जन्म पत्ता लगाउने र पहिचान गर्ने प्रक्रिया पूर्णतया गादेन फोड्राङ फाउन्डेसन अन्तर्गत हुने र ‘यस विषयमा अरू कसैलाई हस्तक्षेप गर्ने अधिकार छैन’ भन्ने पनि खुलाएका छन्।

दलाई लामालाई तिब्बतका संरक्षक सन्त अवलोकितेश्वर वा चेनरेजिगको जीवित अवतार मानिन्छ। दलाई लामाको भूमिका प्राचीन छ। १५ औं शताब्दी देखि १४ जना दलाई लामा भइसकेका छन्।

मार्चमा प्रकाशित आफ्नो पुस्तक ‘भ्वाइस फर द भ्वाइसलेस’ मा दलाई लामाले उत्तराधिकारी चीन बाहिर जन्मने सम्भावना रहेको पनि बताएका थिए।

दलाई लामाको मृत्युपछि उनको पुनर्जन्म हुन्छ र धार्मिक नेताले त्यो बच्चा खोज्छन् भन्ने विश्वास गरिन्छ। एजेन्सी

प्रकाशित: १८ असार २०८२ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App