११ माघ २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मस्कप्रति ट्रम्पको कठोर टिप्पणी : ‘सब्सिडी’ बन्द भए दक्षिण अफ्रिका फर्कनुपर्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका सिइओ एलन मस्कको आरोप प्रत्यारोप फेरि चर्किएको छ। मंगलबार ट्रम्पले मस्कमाथि गरेको टिप्पणी निकै कठोर सुनियो। 

‘यदि मस्कलाई दिइने ‘सब्सिडी’ बन्द भयो भने उनले आफ्नो कम्पनी बन्द गरेर दक्षिण अफ्रिका फर्कनुपर्छ,’ ट्रम्पले भने, ‘सब्सिडी बन्द भए टेस्लाले न त इलेक्ट्रिक गाडी उत्पादन गर्न सक्छ, न त स्पेसएक्सले रकेट वा स्याटेलाइट प्रक्षेपण गर्न सक्छ।’

ट्रम्पले दाबी गरे कि मस्कले सरकारी सब्सिडीको रूपमा यति धेरै पैसा पाएका छन्, जति सायद अरू कसैले पनि पाएका छैनन्। उनले सुझाव दिए कि सरकारी एजेन्सी डजले यसको यो मामिलाको विस्तृत छानबिन गरोस्। यसले राष्ट्रको पैसा बच्नेछ। अमेरिकी राष्ट्रपति ट्रम्पले थपे, ‘मस्कलाई मैले राष्ट्रपति पदका लागि समर्थन गर्नु अघि नै थाहा थियो कि म इलेक्ट्रिक गाडी अनिवार्य गराउने आदेशको विपक्षमा छु। इलेक्ट्रिक गाडी राम्रा छन्, तर हरेक व्यक्तिलाई जबरजस्ती किन भनेर बाध्य पार्नु गलत हो।’

एलन मस्कले शनिबार ट्रम्पको ‘बिग ब्यूटिफुल बिल’ को फेरि आलोचना गरेका थिए। मस्कले शनिबार एक्समा लेखेका थिए– ‘ट्रम्पको यो विधेयकले अमेरिका भित्र लाखौं रोजगारी समाप्त पार्नेछ र हाम्रो देशलाई ठूलो रणनीतिक क्षति पुर्‍याउनेछ,’ मस्कले भने, ‘यो विधेयक पूर्ण रूपमा पागलपनले भरिएको र विनाशकारी छ। यसले पुराना उद्योगहरूलाई छुट दिन्छ, तर भविष्यका उद्योगहरूलाई बरबाद बनाउँछ।’ मस्कले अघिल्लो महिना यसै विधेयकका कारण ट्रम्प प्रशासनमा रहेको ‘गभर्नमेन्ट एफिसियन्सी डिपार्टमेन्ट’ प्रमुखको पदबाट राजीनामा दिएका थिए।

ट्रम्प र मस्क दुई महिना अघि ‘बिग ब्यूटिफुल बिल’ लाई लिएर आमने–सामने आएका थिए। ट्रम्प यो विधेयकको समर्थनमा छन् भने मस्क यसको विरोधमा। ट्रम्पको दाबी छ कि यो ‘देशभक्तिपूर्ण’ विधेयक हो। यसको पारित भएसँगै अमेरिकामा लगानी बढ्नेछ र चीनमा निर्भरता घट्नेछ। तर मस्कले यसलाई ‘पोर्क फिल्ड’ अर्थात् अनावश्यक खर्चले भरिएको विधेयक भनेका छन्।

प्रकाशित: १८ असार २०८२ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App