११ माघ २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकासँग वार्ता गर्न इरानले राख्यो सर्त, थप समय चाहिने तर्क

इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग वार्ता फेरि सुरु गर्ने विषयमा देशले निर्णय लिन अझै केही समय चाहिने बताएका छन्।

यो कुरा उनले तेहरानमा भएको एक अन्तर्वार्तामा अमेरिकी सञ्चारमाध्यम ‘सीबीएस न्यूज’ लाई दिएको अभिव्यक्तिमा उल्लेख गरेका छन्। उक्त अन्तर्वार्ता सोमबार सार्वजनिक गरिएको हो।

हालैका दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता चाँडै सुरु हुन सक्ने दाबी गरे पनि विदेशमन्त्री आराघचीले त्यो सम्भावना तुरुन्त नहुने धारणा राखेका छन्। उनले भने, ‘हामी वार्तामा फर्कन चाहन्छौं, तर त्यसअघि यो सुनिश्चित गर्न जरुरी छ कि वार्ताको समयमा अमेरिकाले फेरि सैन्य हमला गर्ने बाटो नअपनाओस्।’

उनले थप भने, ‘यी सबै पक्षलाई विचार गर्दा, हामीलाई अझै केही समय चाहिन्छ। तर, कूटनीतिक वार्ताको ढोका कहिल्यै पूरै बन्द हुँदैन।’ जुन २२ मा अमेरिकाले नतान्ज, फोर्दो र इस्फाहानस्थित इरानी आणविक केन्द्रहरूमा बम आक्रमण गरेको थियो। त्यसको जवाफमा इरानले कतारस्थित अमेरिकी ‘अल उदैद’ हवाई अड्डामा प्रहार गरेको थियो।

यो आक्रमण सन् २०२५ जुन १३ मा इजरायलले इरानका केही सहरहरूमा एकतर्फी हवाई आक्रमण गरेपछि सुरु भएको सङ्घर्षको बीचमा भएको थियो। दुवै देशबीच अन्ततः जुन २४ मा युद्धविराम घोषणा गरिएको थियो।

उक्त घटनाहरूको केही दिनअघि, इरान र अमेरिकाबीचको आणविक कार्यक्रमसम्बन्धी अप्रत्यक्ष वार्ताको छैटौं चरण ओमानको राजधानी मुस्कटमा जुन १५ मा हुने तय भएको थियो। तर, सङ्घर्षका कारण वार्ता स्थगित भएको थियो। सिन्ह्वा

प्रकाशित: १८ असार २०८२ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App