भारत, कर्नाटकको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु भएको छ। हृदयघातबाट मृत्यु हुनेहरूमा धेरैजसो १८ देखि ४० वर्ष उमेरका युवाहरू थिए, तर केही ५५ वर्षसम्मका पनि थिए।
बीबीसीका अनुसार कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावले यस विषयमा अनुसन्धानको आदेश दिएका छन्। यो अनुसन्धान जयदेव कार्डियोभास्कुलर साइन्सेस एण्ड रिसर्च इन्स्टिच्युटका निर्देशक डा. सी.एन. रविन्द्रको नेतृत्वमा १० सदस्यीय टोलीले गर्नेछ, १० दिनभित्र प्रतिवेदन पेश गर्नेछ।
सीएनएन-न्यूज १८ सँग कुरा गर्दै स्वास्थ्य मन्त्रीले भने, ‘हामीलाई यो थाहा हुने बित्तिकै हामीले अनुसन्धानको आदेश दियौं। हामी जान्न चाहन्छौं कि यसको पछाडिको कारण के हो?’
उनका अनुसार ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु भएको छ। एउटै जिल्लामा यति धेरै मृत्यु हुनु चिन्ताको विषय हो। यी सबै मृत्यु हसन जिल्लाका छन्।
स्वास्थ्य अधिकारीहरूले जीवनशैली, तनाव, र सम्भावित वातावरणीय कारणहरूको अनुसन्धान गरिरहेका छन्। यो घटनाले स्थानीयमा त्रास फैलिएको छ र धेरैले जयदेव अस्पतालमा हृदय परीक्षण गराइरहेका छन्। एजेन्सी
प्रकाशित: १७ असार २०८२ १४:१६ मंगलबार





