११ माघ २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'इरानले फेरि केही महिनामै युरेनियम प्रशोधन सुरु गर्न सक्छ'

संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायका प्रमुख राफाएल ग्रोसीले अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रममा पूर्णरूपमा क्षति पुर्याउन नसकेको बताएका छन्। उनका अनुसार तेहरानले फेरि युरेनियम प्रशोधन केही महिनामै सुरु गर्न सक्नेछ। उनले यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले तेहरानको आकाङ्क्षालाई दशकौँ पछाडि धकेलेको दाबीसँग विरोधाभास देखाउँछ।

‘उनीहरूसँग अझै क्षमता बाँकी छ। केही महिनामै फेरि युरेनियम प्रशोधन गर्ने प्रविधि सञ्चालनमा ल्याउन सक्छन्। हुन सक्छ त्यो अवधि अझै कम पनि होस्,’ ग्रोसीले भने, ‘प्राविधिक र औद्योगिक पूर्वाधार उनीहरूसँग छ।’ ग्रोसीको टिप्पणीले पेन्टागनको रक्षा गुप्तचर निकायको प्रारम्भिक मूल्याङ्कनलाई समर्थन गर्छ जस्तो देखिन्छ, जसमा भनिएको छ कि अमेरिकी आक्रमणले इरानको आणविक पूर्वाधारमा सीमित प्रभाव मात्र परेको छ र कार्यक्रमलाई केही महिना मात्र पछाडि धकेलेको छ।

अहिलेसम्म पूर्ण सैन्य र गुप्तचर मूल्याङ्कन आइसकेको छैन। तर, ट्रम्पले पटक–पटक तेहरानको आणविक पूर्वाधारलाई ‘सम्पूर्णरूपमा ध्वस्त पारिएको’ दाबी गर्दै आएका छन्। इरान र इजरायलबिचको १२–दिने सङ्घर्ष यस महिनाको सुरुमा इजरायलले तेहरानको आणविक बम निर्माण प्रयास रोक्न भनिएको आक्रमणबाट सुरु भएको थियो। तर इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको जिकिर गर्दै आएको छ।

प्रकाशित: १६ असार २०८२ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App