८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

२० वर्षदेखि सत्तामा रहेका नेतन्याहूले अब पद छोड्नुपर्छ: पूर्वप्रधानमन्त्री बेनेट

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पद छोड्नुपर्ने उनको पूर्ववर्ती नफ्ताली बेनेटले एक टेलिभिजन अन्तर्वार्तामा बताएका छन्।  

इजरायलको च्यानल १२ लाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री बेनेटले भने, ‘नेतन्याहू २० वर्षदेखि सत्तामा छन्, यो निकै धेरै समय हो र उनको बसाइ स्वच्छ छैन।’  

उनले भने,  ‘नेतन्याहूको नेतृत्व इजरायलका लागि अब अन्त्य हुनुपर्छ।’  

सन् २०२१ मा नेतन्याहूका आलोचकहरूसँग मिलेर गठबन्धन बनाएर लगातार १२ वर्ष प्रधानमन्त्री बनेका नेतन्याहूलाई पदबाट हटाएका थिए।  
तर बेनेटले वर्तमान विपक्षी प्रमुख याइर लापिडसँग मिलेर नेतृत्व गरेको कमजोर गठबन्धन सरकार करिब एक वर्षपछि ढलेको थियो।  

त्यसपछि भएको मध्यावधि चुनावपछि नेतन्याहूले अति दक्षिणपन्थी र परम्परावादी यहूदी दलहरूको समर्थनमा फेरि प्रधानमन्त्री पद ग्रहण गरेका थिए। एएफपी

प्रकाशित: १६ असार २०८२ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App