इरानको न्यायपालिकाका प्रवक्ताले गत हप्ता तेहरानको एभिन जेलमा इजरायली आक्रमणमा ७१ जनाको ज्यान गएको बताएका छन्। भेट्न आएका परिवार र नजिकैका भवनमा बस्ने मानिस पनि समावेश छन्।
‘एभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवामा रहेका युवा, बन्दी, तिनलाई भेट्न आएका बन्दीका परिवारका सदस्य र कारागार वरपर बस्ने छिमेकी सहित ७१ जना मारिएका थिए,’ न्यायपालिकाको समाचार आउटलेट मिजानमा प्रकाशित टिप्पणीमा जहांगीरले भने।
रक्षामन्त्री इजरायल काट्जले जुन २३ मा इजरायली हवाई आक्रमणले कम्प्लेक्सको ढोकामा प्रहार गरेको भनेका थिए, जुन कैदीलाई भाग्न मद्दत गर्ने उद्देश्यले गरिएको थियो। जानकारी अनुसार उक्त जेलमा सरकारविरोधी पत्रकार, शिक्षाविद्, मानव अधिकार कार्यकर्ता, विदेशी नागरिक र अन्य सहित राजनीतिक कैदीलाई राखिएको छ। एजेन्सी
प्रकाशित: १५ असार २०८२ १२:४३ आइतबार





