११ माघ २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा क्यानडासँगको व्यापार वार्ता अन्त्यको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार वार्ता तुरुन्तै अन्त्य गर्ने बताएका छन्।

क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरेर कर लगाउने तयारी गरिरहेको ट्रम्पको भनाइ छ।

अमेरिका र क्यानडा जुलाईको मध्यसम्ममा व्यापार सम्झौतामा सहमति जुटाउने दिशामा काम गरिरहेका बेला राष्ट्रपति ट्रम्पले यो कदम चालेका हुन्।

यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि नै ट्रम्पले 'व्यापार युद्ध' सुरु गर्दै आएका छन्। त्यस बेलादेखि दुवै देशले एकअर्काको सामानमा कर लगाएका छन्।

शुक्रबार अमेरिकी राष्ट्रपतिले प्राविधिक कम्पनीहरूमाथि उच्च करको बारेमा वार्ता समाप्त गरिरहेको बताए।

ट्रम्पले अर्को हप्ता नयाँ शुल्क घोषणा गर्ने पनि बताए। ट्रम्पले ट्रुथ सोसलमा लेखे, 'हामी क्यानडासँगको व्यापार सम्बन्धी सबै छलफलहरू तत्काल प्रभावबाट समाप्त गर्दै छौं। हामी क्यानडालाई अमेरिकासँग व्यापार गर्न कति कर तिर्नुपर्छ भनेर आगामी सात दिन भित्र बताउने छौं।'

यद्यपि, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँग वार्ता जारी राख्ने संकेत गरेका छन्। उनले भने, 'हामी क्यानडाका जनताको हितमा यी वार्ताहरू जारी राख्ने छौं।' एजेन्सी

प्रकाशित: १४ असार २०८२ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App