८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलद्वारा इरानमाथि आक्रमण रोकेको घोषणा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ट्रम्पको युद्धविराममा सहमत भएका छन्। इजरायली प्रधानमन्त्री कार्यालयले मंगलबार इजरायली सेनाले इरानमा आफ्ना सबै उद्देश्यहरू पूरा गरेको बताएको छ। प्रधानमन्त्री कार्यालयले नेतान्याहूले आजै यसबारे आधिकारिक बयान दिने बताएको छ।

इजरायल र इरान बीचको युद्धको १२ औं दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरे। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेखे, 'युद्धविराम अबदेखि लागू हुँदैछ। कृपया यसलाई नतोड्नुहोस्।

यसअघि ट्रम्पले आज बिहान ३:३० बजे युद्धविरामको दाबी गरेका थिए। उनले आगामी ६ घण्टामा यो लागू हुने बताएका थिए।

ट्रम्पको युद्धविरामको घोषणापछि इरानका विदेशमन्त्रीले यसलाई अस्वीकार गरे। उनले इजरायलसँग अहिलेसम्म कुनै अन्तिम युद्धविराम सम्झौता भएको नभबएको बताएका थिए। यदि इजरायलले आक्रमण रोक्यो भने इरानले पनि आक्रमण रोक्ने बताएको थियो।

त्यसको केही समयपछि इरानले इजरायलमाथि ६ पटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्‍यो। टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार, एउटा क्षेप्यास्त्र बेरशेबा शहरको एउटा भवनमा खस्यो। चिकित्सा टोलीले आक्रमणमा ४ जनाको मृत्यु भएको र २० जनाभन्दा बढी घाइते भएको बताएको छ। एजेन्सी

प्रकाशित: १० असार २०८२ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App