अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शासन परिवर्तन सम्भव भएको बताएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले यसो सम्भावनातर्फ संकेत गरेका छन्।
‘राजनीतिक रूपमा शासन परिवर्तन भन्ने शब्द प्रयोग गर्नु सही होइन, तर यदि वर्तमान इरानी शासन इरानलाई फेरि महान बनाउन असमर्थ छ भने, किन शासन परिवर्तन हुँदैन?’ ट्रम्पले लेखेका छन्।
उनको यो बयान इरानका तीन आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि आएको हो। यसअघि ट्रम्प सरकारका बरिष्ठ अधिकारीहरूले अमेरिकाले शासन परिवर्तन नचाहेकोतर्फ संकेत गरेका थिए।
‘यो मिसन शासन परिवर्तनको बारेमा थिएन र छैन,’ रक्षा सचिव पिट हेगसेथले बिहान पेन्टागनमा पत्रकारहरूलाई भनेका थिए। उपराष्ट्रपति जेडी भान्सले पनि सोही कुरा उल्लेख गर्दै एनबीसीलाई दिएको अन्तरवार्तामा भनेका थिए, ‘हामी शासन परिवर्तन चाहँदैनौँ।’
वरिष्ठ नेता आयतोल्लाह सय्यद अली होसैन खामेनीको जन्म सन् १९३९ मा ईरानको पबित्र नगर मशहदको एक धार्मिक परिवारमा भएको थियो । खामेनी १९८९ मा विशेषज्ञको विधानसभा द्वारा नयाँ सर्वोच्च नेताको रूपमा निर्वाचित भएका थिए।
चार दशकदेखि सत्तामा रहेका खामेनीले आफ्नो हत्या हुन सक्ने खतराबीच सम्भावित उत्तराधिकारीको रूपमा तीन वरिष्ठ धर्मगुरुहरूलाई छनोट गरेको बताइएको छ। एजेन्सी
प्रकाशित: ९ असार २०८२ ०७:०८ सोमबार





