अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी सेनाको २५० औं वार्षिकोत्सवको अवसरमा सेनालाई सम्बोधन गरेका छन्। यसैबिच, अमेरिकाका धेरै भागहरूमा ट्रम्पविरुद्ध प्रदर्शनहरू पनि भइरहेका छन्।
'अमेरिकाका शत्रुहरूले हरेक पटक सिकेका छन् कि यदि तपाईंले हाम्रा मानिसहरूलाई धम्काउने प्रयास गर्नुभयो भने हाम्रा सैनिकहरू पक्कै पनि जवाफ दिन आउने छन्,' ट्रम्पले आफ्नो सम्बोधनमा भने, 'हाम्रा सिपाहीहरूले कहिल्यै हार मान्दैनन्, कहिल्यै आत्मसमर्पण गर्दैनन् र कहिल्यै पछि हट्दैनन्। तिनीहरू निरन्तर लड्छन् र सधैं विजयी भएर फर्कन्छन्।'
अर्कोतर्फ, वाशिंगटन डीसीमा रिफ्यूज फासिज्म डट ओआरजी नामक संस्थाले ह्वाइट हाउसतर्फ मार्च आयोजना गर्यो, जसमा लगभग एक हजार मानिसहरूले भाग लिएका थिए।
यो मार्चअघि वाशिंगटन डीसीको लोगान सर्कल क्षेत्रमा एक र्याली आयोजना गरिएको थियो, जहाँ एक पूर्व सैनिक र एक ट्रान्सजेन्डर कार्यकर्तासहित धेरै मानिसहरूले भीडलाई सम्बोधन गरेका थिए।
अमेरिकाको लस एन्जलसमा अवैध आप्रवासीहरू विरुद्धको छापापछि चार दिनसम्म विरोध प्रदर्शन भएको थियो, त्यसपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको थियो।
त्यसपछि ट्रम्पले लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न ४ हजार राष्ट्रिय गार्ड सिपाही र ७०० मरीन तैनाथ गर्ने आदेश दिए। एजेन्सी
प्रकाशित: १ असार २०८२ ११:०६ आइतबार





