इरान र इजरायलले शनिबार राति फेरि एकपटक एकअर्कामाथि धेरै क्षेप्यास्त्र प्रहार गरेका छन्। दुई देशबिच पछिल्लो ४८ घण्टादेखि द्वन्द्व जारी छ।
इजरायलले तेहरानमा रहेको रक्षा मन्त्रालयलाई निशाना बनाएको दाबी गरेको छ। यसबाहेक, तेहरान र बुशेहरमा तेल डिपो र ग्यास रिफाइनरीहरूसहित १५० भन्दा बढी निशानाहरूमा प्रहार गरिएको छ।
दुई दिने युद्धमा हालसम्म १३८ इरानी मारिएका छन्, जसमा ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी कमाण्डरहरू छन्। यसबाहेक ३५० भन्दा बढी घाइते भएका छन्। इरानको राजधानी तेहरानसहित ७ राज्यहरूमा वायु रक्षा प्रणाली सक्रिय गरिएको छ।
इरानले पनि इजरायलमा १५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर बदला लिएको छ। आक्रमणमा ७ इजरायली नागरिकको मृत्यु भएको छ भने २१५ भन्दा बढी घाइते भएका छन्। इरानले ३ इजरायली एफ-३५ विमान खसालेको पनि दाबी गरेको छ। एजेन्सी
प्रकाशित: १ असार २०८२ ०८:४७ आइतबार





