भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल केदारनाथ नजिकै आइतबार बिहान हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा केहीको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
गौरीकुण्डबाट केदारनाथका लागि तीर्थयात्री लिएर उडेको हेलिकप्टर खराब मौसमका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, आर्यन एभिएसन कम्पनीको हेलिकप्टर गौरीकुण्डको जंगलमा खसेको थियो। दुर्घटनाको खबर पाउनासाथ उद्धार टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको छ।
केदारनाथ क्षेत्रमा पछिल्ला केही दिनयता मौसम खराब रहेको बताइएको छ। सोही कारण उडान जोखिमपूर्ण बनेको र दुर्घटना भएको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन्।
घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ।
प्रकाशित: १ असार २०८२ ०८:३८ आइतबार





