ओमानका विदेशमन्त्री बद्र अल-बुसैदीले आइतबार हुने अमेरिका-इरान आणविक वार्ताको अर्को चरण अगाडि बढ्न नसक्ने बताएका छन्।
उनले ट्विटरमा लेखे, 'यस आइतबार मस्कटमा हुने इरान-अमेरिका वार्ता अब हुने छैन। तर कूटनीति र संवाद नै दिगो शान्तिको एक मात्र बाटो हो।'
यसअघि इरानका विदेशमन्त्रीले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अमेरिकासँग वार्ता जारी राख्नु 'अनुपयुक्त' भएको बताएका थिए।
इरानको आणविक कार्यक्रमको बारेमा वार्ताको सन्दर्भमा ओमानले दुई देशहरू (अमेरिका र इरान) बlच मध्यस्थता गरिरहेको छ।
यसैबlच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो देशको उद्देश्य इरानबाट परमाणु र ब्यालिस्टिक क्षेप्यास्त्रको दोहोरो खतरालाई विफल पार्नु रहेको बताएका छन् र इजरायलले आफ्नो लक्ष्य हासिल गरेको छ।
उनले भने, 'हामी उनीहरूले २० हजार क्षेप्यास्त्र उत्पादन गर्ने क्षमता विकास गरेको सहन सक्दैनौं। त्यसैले हामीले उनीहरूको उत्पादन क्षमता नष्ट गर्न कारबाही गर्यौं र आईडिएफ अहिले यही गरिरहेको छ।'
नेतान्याहूले भने, 'हामीले तेहरान जाने बाटो तयार पारेका छौं। धेरै चाँडै तपाईंले तेहरानको आकाशमा इजरायली विमानहरू, इजरायली वायुसेना, हाम्रा पाइलटहरू देख्नुहुनेछ।'
यसैबिच, इरानी राष्ट्रपति मसूद पेजेश्कियानले चेतावनी दिएका छन् कि यदि इजरायलले आक्रमण जारी राख्यो भने अझ 'कठोर' प्रतिक्रियाको लागि तयार रहनुपर्नेछ।
'यदि यहूदी आक्रामकता जारी रह्यो भने इरानी सशस्त्र सेनाले अझ कठोर र शक्तिशाली प्रतिक्रिया दिनेछ,' इरानको सरकारी सञ्चार माध्यमका अनुसार पेजेश्कियानले भने।
पेजेश्कियानले पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफसँगको टेलिफोन वार्ताका क्रममा यी टिप्पणीहरू गरेको बताइएको छ। एजेन्सी
प्रकाशित: १ असार २०८२ ०६:५१ आइतबार





