९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान र इजरायललाई शान्तिको बाटो अपनाउन संयुक्त राष्ट्र संघका महासचिवको अपील

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई 'तनाव रोक्न र शान्तिको बाटो अपनाउन' अपील गरेका छन्।

उनले एक्समा लेखे, 'इजरायलले इरानको आणविक स्थलहरूमा आक्रमण गर्छ, इरानले तेल अभिभमा मिसाइल प्रहार गरेर बदला लिन्छ। अब धेरै भयो। यसलाई रोक्ने समय आएको छ। शान्ति र कूटनीतिको बाटो अपनाउनुपर्छ।'

युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग यस विषयमा छलफल गरेको बताइन्।

'म दोहोर्‍याउँछु कि इजरायललाई आफ्नो र आफ्ना जनताको रक्षा गर्ने अधिकार छ,' उनले ट्विटरमा लेखिन्, 'साथै, क्षेत्रीय स्थिरता कायम राख्नु पनि महत्त्वपूर्ण छ।'

उर्सुला भोन डेर लेयनले पनि दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न अपील गरेको बताइन्।

इजरायलले शुक्रबार इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो, जसपछि इरानले बदलास्वरूप इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो.

त्यस बेलादेखि दुई देशबिच तनावको अवस्था कायमै छ। एजेन्सी

प्रकाशित: ३१ जेष्ठ २०८२ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App