एयर इन्डियाको यात्रुवाहक विमान अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ। लन्डनका लागि उडान भरेको केही समयपछि नै विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। एयर इन्डियाले २४२ जना सवारमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि गरेको छ। विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए।
यस घटनामा भारतीय मूलका एक बेलायती यात्रु बाँच्न सफल भए।
घटनापछि अहमदाबाद पुगेका गृहमन्त्री अमित शाहले भने, 'लगभग सबै यात्रुहरूको शव निकाल्ने काम पूरा भइसकेको छ। १.२५ लाख लिटर इन्धन भएकाले तापक्रम यति उच्च थियो कि कसैलाई बचाउने कुनै सम्भावना थिएन।'
यस दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको पनि मृत्यु भएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री केयर स्टारमरले दुर्घटनाको अनुसन्धानमा सबै सम्भव सहयोग प्रदान गर्ने बताएका छन्।
प्रधानमन्त्री मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, 'यो हृदयविदारक छ, जसलाई शब्दमा वर्णन गर्न सकिँदैन। यस दुःखको घडीमा, यसबाट प्रभावित सबैप्रति मेरो समवेदना छ। म दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न संलग्न मन्त्रीहरू र अधिकारीहरूसँग सम्पर्कमा छु।'
बेलायती प्रधानमन्त्री केयर स्टारमर, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ, बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु लगायत धेरै राष्ट्र प्रमुखहरूले शोक व्यक्त गरेका छन्। एजेन्सी
प्रकाशित: ३० जेष्ठ २०८२ ०९:१२ शुक्रबार





