२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लन्डन वार्ता : अमेरिका र चीन निर्यात सहज बनाउने योजनामा सहमत

तस्बिर: सीएनएन

अमेरिका र चीनबीच व्यापार युद्धविराम लागू गर्ने एक ढाँचामा सहमति भएको छ । लन्डनमा दुवै पक्षका अधिकारीबीच भएको २ दुई दिने वार्तामा उक्त सहमति भएको हो । वार्ता दुई देशबीचको व्यापारिक तनाव कम गर्न र विश्वव्यापी उत्पादनमा बाधा पु¥याउन सक्ने निर्यात प्रतिबन्धहरूलाई सहज बनाउन सफल भएको दुबै देशका अधिकारीले बुधबार जनाएका छन् ।

लन्डनको लान्कास्टर हाउसमा भएको उक्त २ दिने वार्तामा विश्वका सबैभन्दा ठूला अर्थतन्त्र बीचको व्यापार युद्धमा निर्यात नियन्त्रणले पार्ने प्रभावलाई केन्द्रीय बिषयवस्तु मानिएको थियो ।  

चिनियाँ सरकारी संस्था सीजीटीएनका अनुसार, अमेरिकी र चिनियाँ वार्ताकारहरूले गत महिना जेनेभामा भएको अघिल्लो चरणको वार्ता र गत हप्ता दुई देशका नेताबीचको टेलिफोन वार्तामा भएको सहमतिलाई कसरी लागू गर्ने भन्ने बारे “सैद्धान्तिक रूपमा“ एक ढाँचामा सहमति जनाएका छन् ।  

वेलायती समाचार संस्था रोयटर्सका अनुसार, दुवै पक्षका अधिकारीहरूले अब यो प्रस्तावलाई आफ्ना नेता समक्ष स्वीकृतिका लागि लैजानेछ  र स्विकृत भएको अवश्थामा ढाँचा लागू हुनेछ ।  

सिएनएनकमा अनुसार दुवै पक्षले सम्झौताका कुनै विशेष विवरणहरू खुलाएनन् तर वार्तामा सलग्न अमेरिकी अधिकारीले दुवैले एक अर्काका लागि महत्वपूर्ण वस्तु र प्रविधिहरूमा निर्यात नियन्त्रणहरू हटाउन सहमत भएका छन् ।  

अमेरिकामा दुर्लभ खनिज र चुम्बकको निर्यातमा चीनले लगाएको प्रतिवन्धलाई  फुकुवा गर्ने बिषयलाई ढाँचा सम्झौताको “मौलिक“ बिषयवस्तु मानिएको छ ।  

बेइजिङले दुर्लभ खनिज निर्यात सहज बनाउने जेनेभामा गरेको वाचाबाट पछि हटेको देखेर निराश भएपछि, अमेरिकाले चीनलाई चिप डिजाइन सफ्टवेयर बिक्रीमा प्रतिबन्ध लगाएको थियो र चिनियाँ विद्यार्थी भिसाहरू ‘आक्रामक रूपमा रद्द गर्ने’ घोषणा गरेको थियो ।  

चीनमा पाईने दुर्लभ  खनिज पदार्थको प्रयोग कारदेखि लडाकु जेटसम्म निर्माणमा आवश्यक पर्दछ । चीनले यी वस्तुमा लगभग एकाधिकार राख्छ, जुन अमेरिकी उद्योगहरू र रक्षाका लागि महत्वपूर्ण छन् ।  

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया समकक्षी सि जिन पिङ बिचको टेलिफोन वार्तामा चीन दुर्लभ खनिज र चुम्बकीय पदार्थको प्रवाह पुनः सुरु गर्न सहमत भएको थियो । तर यो प्रवाह  कति छिटो हुनेछ वा सामग्रीको मात्रा कति हुनेछ भन्नेमा विस्तृत बिवरण आइसकेको छैन ।  

त्यसअघि, अमेरिका र चीनले मे १२ मा स्विजरल्यान्डको जेनेभामा ‘एकअर्काबिच लगाइएको विनाशकारी शुल्कलाई अस्थायी रूपमा फिर्ता लिन र आफ्नो व्यापार असन्तुलनलाई सम्बोधन गर्न ९० दिनको सुविधा  दिन सहमत’  भएका थिए ।

‘ लन्डन वार्ता  चीन र संयुक्त राज्य अमेरिकाबीच विश्वास निर्माण गर्न, चीन–अमेरिकी आर्थिक र व्यापार सम्बन्धको स्थिर र स्वस्थ विकासलाई बढावा दिनको लागि महत्वपुर्ण रहेको छ , चीनका शीर्ष अन्तर्राष्ट्रिय व्यापार वार्ताकार र वाणिज्य उपमन्त्री ली चेङग्याङले बुधबार सीजीटीएनलाई भने ।  

प्रकाशित: २८ जेष्ठ २०८२ १५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App