विश्वभरका मुस्लिम समुदायले शनिबार इद–उल–अजहा (बकरिद) पर्व मनाइरहेका छन्। इजरायली आक्रमणबीच गाजामा पनि यो पर्व मनाइएको छ।
यो दिन मुस्लिमहरूले पैगम्बर इब्राहिमले आफ्नो छोरालाई अल्लाहका लागि बलिदान दिन खोज्दा अल्लाहले रोकेर भेडा बलिदान गर्न आदेश दिएको सम्झना गर्छन्।
संयुक्त राष्ट्रसंघका अनुसार आगामी महिनामा गाजामा करिब ५ लाख मानिसले भोकमरीको सामना गर्नुपर्ने हुन सक्छ। सात अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दा एक हजार दुई सय जना मारिएका थिए। हमासले २५१ जनालाई बन्धक बनाएको थियो। त्यसपछि इजरायलले गाजामा आक्रमण सुरु गरेको थियो। अहिलेसम्म इजरायलको आक्रमणमा परेर झण्डै ५५ हजार जनाको मृत्यु भएको छ।
गाजामा क्षतिग्रस्त भवनहरूको भग्नावशेषमा एक प्यालेस्टिनी परिवारले इद–उल–अधा मनाइरहेको छ। नुसरत शरणार्थी शिविरका प्यालेस्टिनीहरूले परिवारका सदस्यहरूको चिहानमा प्रार्थना गरे। गाजामा इदको नमाज पढ्न र प्रार्थनाको तयारी गर्न स्थानीय भेला भएका छन्।
प्रकाशित: २४ जेष्ठ २०८२ १३:३४ शनिबार





