१२ माघ २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने अमेरिकी कदमप्रति चीनको कडा विरोध

बेइजिङले चिनियाँ विद्यार्थीको भिसा ‘अनुचित रूपमा’ रद्द गर्ने अमेरिकी निर्णयको आलोचना गर्दै बिहीबार विदेशमन्त्री मार्को रुबियोको घोषणापछि वासिङ्टनमा विरोध जनाएको छ।

‘अमेरिकाले विचारधारा र राष्ट्रिय अधिकारको बहानामा चिनियाँ विद्यार्थीको भिसा अनुचित रूपमा रद्द गरेको छ,’ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, ‘चीनले यसको कडा विरोध गर्छ र अमेरिकासँग प्रतिनिधित्व दर्ता गरेको छ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एक दिनअघि चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने घोषणा गरेको थियो। चिनियाँ विद्यार्थी अमेरिकी विश्वविद्यालयका लागि राजस्वको प्रमुख स्रोत हुन्।

‘संयुक्त राज्य अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध भएका वा महत्त्वपूर्ण क्षेत्रमा अध्ययन गर्ने चिनियाँ विद्यार्थीको भिसा आक्रामक रूपमा रद्द गर्नेछ,’ रुबियोले भने, ‘हामी जनवादी गणतन्त्र चीन र हङकङबाट भविष्यका सबै भिसा आवेदनको छानबिन बढाउन भिसा मापदण्ड पनि संशोधन गर्नेछौँ।’

चिनियाँ युवा लामो समयदेखि अमेरिकी विश्वविद्यालयका लागि महत्त्वपूर्ण छन्। विश्वविद्यालयहरू पूर्ण ट्युसन तिर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमा निर्भर छन्।

चीनको विदेश मन्त्रालयले यो कदमको जवाफमा माओले ‘चिनियाँ विद्यार्थीको वैध अधिकार र चासोलाई गम्भीर क्षति पुगेको र दुई देशबीचको सामान्य सांस्कृतिक आदानप्रदानमा बाधा पुगेको’ बताए।

‘अमेरिकाको यो राजनीतिक र भेदभावपूर्ण अभ्यासले अमेरिकाले सधैँ प्रचार गर्दै आएको तथाकथित स्वतन्त्रता र खुलापनको झूटो पर्दाफास गरेको छ र अमेरिकाको अन्तर्राष्ट्रिय छवि, राष्ट्रिय छवि र विश्वसनीयतालाई थप हानि पुर्‍याएको छ,’ उनले भने। एएफपी

प्रकाशित: १५ जेष्ठ २०८२ १८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App