१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा मरेको मानवताः भोकमरीकाे चपेटामा जीवन, ५ तस्बिरमा हेरौँ

इजरायलको लगातार सैन्य हमला जारी राखेर खाद्यान्न, पानी र औषधि आपूर्ति दुई महिनादेखि रोक्दा गाजा क्षेत्रमा चरम भोकमरी सिर्जना भएको छ। संयुक्त राष्ट्रसंघले केही दिनमै खाद्यान्न सकिने चेतावनी दिएको छ।  

खाद्यान्नको आपूर्ति ठप्प रहँदा गाजा क्षेत्रमा भोकमरी सिर्जना भएको छ । जसका केही दिल दहलाउने तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाइरहेका छन्। त्यसमध्ये केही तस्बिर संकलन गरेर हामीले यहाँ प्रस्तुत गरेका छौँ।  

तस्बिर–१

यो तस्बिर बुधबार(मे १४)को हो। उत्तरी गाजा पट्टीको जबलिया भन्ने ठाउँमा प्यालेस्टाइनी च्यारिटी भान्सघरले पकाएको खाना लिन जम्मा भएकाहरूको भिड तस्बिरमा देखिन्छ। यो तस्बिर रोयटर्सका महमुद इस्साले खिचेको हो।  

तस्बिर–२

यो तस्बिर मे ५ मा खिचिएको हो। उत्तरी गाजाकै जबलियामा रहेको शरणार्थी शिविरमा सहयोगी संस्थाहरूले वितरण गरेको खाना लिन तछाडमछाड गरिरहेका विस्थापित प्यालेस्टाइनीहरु तस्बिरमा देखिन्छन्। यो तस्बिर पनि महमुद इस्साले नै खिचेका हुन्। तस्बिरस्रोत/अनाडोलु गेट्टी इमेज  

तस्बिर–३  

यो तस्बिर अप्रिल २८ मा महमुद इस्साद्वारा खिचिएको जबलियाकै शरणार्थी शिविरको हो। जहाँ भोकले छट्पटिएका प्यालेन्स्टाइनी बालबालिकाहरू खानाको लागि तम्सिरहेका छन्। तस्बिरस्रोत÷अनाडोलु गेट्टी इमेज

तस्बिर–४

यो तस्बिर मे ४ मा एक्सियसमा प्रकाशित छ। तस्बिरको के्रडिट आबेद रहिम खातिब÷अनाडोलु गेट्टी इमेजलाई दिइएको छ।  तस्बिरमा भोकले प्रताडित विस्थापित प्यालेस्टाइनी बालिका रोइरहेकी देखिन्छन्। तस्बिरमा देखिएको भिड खाना लिन उभिएको भनिएको छ।  

तस्बिर–५  

यो तस्बिर पनि प्यालेस्टाइनी शरणार्थी शिबिरमै खिचिएको हो। मे ९ मा एक्सियसमा प्रकाशित यो तस्बिरको स्रोत ऐयाद बाबा÷एएफपी, गेट्टी इमेजमार्फत भनिएको छ। तस्बिरमा देखिएका बालबालिका खाना र रासनका लागि लामबद्ध देखिन्छन्।  

प्रकाशित: १ जेष्ठ २०८२ १८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App