१ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा ट्रक र ट्रेलर ठोक्किँदा १३ जनाको मृत्यु, ११ घाइते

भारत छत्तीसगढको राजधानी रायपुरमा ट्रेलर र ट्रक ठोक्किँदा भएको भीषण दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। मृतकमा नौ महिला र चार बालबालिका छन्। यो दुर्घटनामा ११ जना घाइते भएको एनडिटिभीले जानकारी दिएको छ। 

रायपुर-बालोदा बजार सडकखण्डको सारागाउँ नजिकै भएको यो दुर्घटना खरोरा प्रहरी चौकी क्षेत्रमा पर्छ। प्रहरीका अनुसार चटौड गाउँका मानिसहरू बनसरी गाउँमा भएको पारिवारिक कार्यक्रममा पुगेर फर्किंदै थिए। सोही क्रममा उनीहरू चढेको ट्रक ट्रेलरसँग ठोक्किएको हो। 

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइतेहरूलाई तत्काल रायपुरस्थित डा. भीमराव अम्बेडकर अस्पताल लगिएको छ। रायपुरका जिल्ला कलेक्टर गौरव सिंहले जिल्ला प्रशासनका अधिकारीहरू घटनास्थलमा खटिएको र मृतकको संख्या १३ पुगेको पुष्टि गरेका हुन्। उनले ११ जना घाइते भएको र प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको भनेका छन्।

प्रकाशित: २९ वैशाख २०८२ ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App