१ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तानबिच आज वार्ता

भारत र पाकिस्तानबिच आज (सोमबार) दिउँसो १२ बजे महानिर्देशक सैन्य अपरेशन (डीजीएमओ) वार्ता हुने भएको छ।

यसअघि आइतबार समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भारतले युद्धविरामपछि अब पाकिस्तानका डीजीएमओसँग मात्र कुरा गर्ने बताएको भनेको थियो। यसमा अरू कुनै देश सामेल हुने छैन।

यसैबिच, सीमासँग जोडिएका राजस्थान, पञ्जाब, जम्मू र कश्मीरको अवस्था आइतबार बिहान सामान्य देखिएको र बजारहरू खुला, गतिविधिहरू पनि सामान्य रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

भारतीय वायुसेनाले भनेको छ, 'हामीले अपरेशन सिन्दूरको उद्देश्य हासिल गरेका छौं। यो अपरेशन अझै पनि जारी छ। समय आएपछि हामी तपाईंलाई जानकारी दिनेछौं। वायुसेनाले अफवाहबाट बच्न अपील गरेको छ।'

अपरेशन सिन्दूर (७ मे) को सुरुवातदेखि १० मे सम्म, पाकिस्तानी गोलीबारीमा ७ सैनिक (५ सशस्त्र बल, २ बीएसएफ) सहिद भएका छन् भने ६० जना घाइते भएका छन्। यसबाहेक २७ जनाको मृत्यु भएको छ। एजेन्सी

प्रकाशित: २९ वैशाख २०८२ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App