जापानको वास्तविक ज्याला एक वर्षअघिको तुलनामा २.१ प्रतिशतले घटेको छ। यो गिरावट लगातार तेस्रो महिना देखिएको हो।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार, ‘उपभोक्ता क्रय शक्तिको ब्यारोमिटर अर्थात् मुद्रास्फीति–समायोजित वास्तविक ज्यालाको गिरावट फेब्रुअरीमा संशोधित १.५ प्रतिशत र जनवरीमा २.८ प्रतिशत गिरावट पछि भएको हो।’
मन्त्रालयले जनाएअनुसार, ताजा खाद्य मूल्य समावेश तर भाडा लागत समावेश नभएको उपभोक्ता मूल्य मार्चमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ४.२ प्रतिशतले बढेको छ। बढ्दो खाद्य लागतले प्रेरित यो वृद्धि फेब्रुअरीको ४.३ प्रतिशत वृद्धिबाट केही कम भएको हो।
औसत ज्याला र अतिरिक्त वेतनसहित प्रति कामदार कुल औसत मासिक नगद आय २.१ प्रतिशतले बढेर ३० लाख ८ हजार ५७२ येन (करिब २१०० अमेरिकी डलर) पुगेको छ। यो वृद्धि लगातार ३९ औं महिनाको हो।
नियमित तलब अर्थात् आधार तलब मार्चमा १.३ प्रतिशतले बढेको छ भने कर्पोरेट गतिविधिको सूचक अतिरिक्त ज्यालाको भुक्तानी १.१ प्रतिशतले घटेको छ। एएफपी
प्रकाशित: २६ वैशाख २०८२ १६:५८ शुक्रबार