९ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापान-अमेरिका व्यापार सम्झौतामा आशा : नयाँ चरणको वार्ता चाँडै

जापानका लागि अमेरिकी राजदूतले टोकियोका व्यापार दूतले वासिङ्टन भ्रमण गरेपछि दुई देशबीच व्यापार सम्झौता हुनेमा आफू ‘अत्यन्त आशावादी’ रहेको बताएका छन्।

जापानले ह्वाइट हाउसले घोषणा गरेको कडा कर फिर्ता लिन चाहेको बेला रयोसी अकाजावाले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्प र वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटेर छलफल गरेका छन्। तत्काल कुनै प्रगति नभए पनि अर्को चरणको वार्ता यसै महिनाको अन्त्यअघि हुने बताइएको छ।

उनले भने, ‘मैले अहिले वार्तामा खटिएका करसम्बन्धी अधिकांश अधिकारीहरूसँग भेटेको छु,’ राजदूत जर्ज ग्लासले पत्रकारहरूसँग भने, ‘सम्झौता हुनेछ, म अत्यन्त आशावादी छु।’

टोकियोको हानेदा विमानस्थलमा उनले भने, ‘जापान र अमेरिकाका राम्रा र प्रतिभाशाली कूटनीतिज्ञ र कर विशेषज्ञहरूले वार्तालाई सम्झौतामा परिणत गर्न लागिपरेका छन्।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतालाई उच्च प्राथमिकता दिएका छन्। त्यसैले उनलाई विश्वास छ, केही नतिजा निस्कनेछ।

जापानी कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूला लगानीकर्ता हुन् र जापान एसिया–प्रशान्त क्षेत्रमा वासिङ्टनको महत्त्वपूर्ण रणनीतिक सहयोगी हो।

तर ट्रम्पले धेरैजसो देशमा लगाएको १० प्रतिशत आधारभूत कर र कार, स्टिल तथा आल्मुनियममा लगाएको कडा करको मारमा जापान पनि परेको छ।
ट्रम्पले जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ कर लगाए पनि यो चीनबाहेक अन्य देशमा जस्तै ९० दिनका लागि रोकिएको छ। एएफपी

प्रकाशित: ५ वैशाख २०८२ १५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App