९ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजा युद्ध रोक्न कैदी आदानप्रदान सम्झौताप्रति हमास सकारात्मक

हमासले गाजा युद्ध अन्त्य गर्न इजरायली बन्धकहरूलाई प्यालेस्टिनी कैदीहरूसँग साटासाट गर्ने सम्झौताका लागि वार्ता गर्न तयार रहेको जनाएको छ।

गाजाका लागि हमासका प्रमुख खलील अल–हयाले भिडियो सन्देशमार्फत तत्काल समग्र सम्झौताका लागि वार्ता सुरु गर्न तयार रहेको बताए। उनले भने, ‘यो प्रक्रिया युद्धको अन्त्य, गाजाबाट इजरायली सेना फिर्ता, पुनर्निर्माणको सुरुवात र इजरायली घेराबन्दीको अन्त्यका लागि हो।’

अल–हयाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको सरकारमाथि युद्ध जारी राख्ने राजनीतिक एजेन्डाका लागि सम्झौतालाई दुरुपयोग गरेको आरोप लगाए। उनले भने, ‘हमास यो नीति कार्यान्वयनको हिस्सा बन्नेछैन।’

इजिप्ट र कतारी वार्ताकारहरूले हमासलाई प्रस्ताव गरेको सम्झौतामा करिब १० बन्धकको रिहाइ र अस्थायी युद्धविराम समावेश छ। हमासले विज्ञप्तिमार्फत प्रस्तावको समीक्षा गरी आन्तरिक परामर्शपछि प्रतिक्रिया दिने जनाएको छ।

गत मङ्गलबारको इजरायली हमलापछि बुधबार नेतान्याहुको कार्यालयले बन्धक रिहाइका लागि ‘कदम चाल्न’ वार्ताकारहरूलाई निर्देशन दिएको जनाएको छ।

मार्च १८ मा इजरायलले हमाससँगको दुईमहिने युद्धविराम तोडेर गाजामा हमला पुनः सुरु गरेयता १,६९१ जनाको मृत्यु र ४,४६४ जना घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताए। सिन्ह्वा

प्रकाशित: ५ वैशाख २०८२ १४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App