११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको हाइड्रोजन ड्रोनले तोड्यो विश्व कीर्तिमान, ३० घण्टा लगातार उडान

चीनले स्वदेशी प्रविधिमा विकसित हाइड्रोजन इन्धनबाट चल्ने ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर नयाँ विश्व कीर्तिमान कायम गरेको छ। चीनको हवाइ उद्योग निगम (एभीआईसी) का अनुसार, यो ड्रोन चेङ्दु एअरक्राफ्ट उद्योग समूह र छिङह्वा विश्वविद्यालयको संयुक्त प्रयासमा निर्माण गरिएको हो।

लगभग ५० किलोग्राम वजनको यो ड्रोनले हाइड्रोजनको उच्च ऊर्जा दक्षता उपयोग गरी प्राविधिक उत्कृष्टता हासिल गरेको छ। कीर्तिमानी उडान सिचुवान प्रान्तको दुज्याङयानमा सम्पन्न भएको थियो, जहाँ ड्रोनलाई गतिमा रहेको चालकविहीन सवारीको छतबाट सफलतापूर्वक उडाइयो।

उडानका क्रममा ड्रोनले टाढाबाट स्थिर निगरानी र सञ्चालनको क्षमता प्रदर्शन गर्‍यो, जसले हाइड्रोजन ड्रोनको व्यावसायिक र रणनीतिक सम्भावनालाई उजागर गरेको छ। सिन्ह्वा

प्रकाशित: ३० चैत्र २०८१ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App