१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले चीनमाथिको कर बढाएर १२५ प्रतिशत पुर्‍याए, चीनले भन्यो : हामी चुप लागेर बस्ने छैनौँ

अमेरिकी करविरुद्ध एकजुट हुन चीनले सम्पूर्ण विश्वलाई अपील गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२५ प्रतिशत भन्सार कर लगाएपछि चीनले पनि कडाइ देखाएको छ। एक अधिकारीले चीन चुप लागेर नबस्ने जनाएका छन्।

अमेरिकाले चीनमाथि १०४ प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले पनि बदला लिएको छ। चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आयात हुने सामानमा ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत गर्ने घोषणा गरेको छ।

बदलामा ट्रम्पले चिनियाँ सामानहरूमा आयात शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्‍याएका छन्।

यसैबिच चीनले प्रतिक्रिया दिएको छ। 'आफ्ना जनताको अधिकार र हितलाई हानि पुग्दा चिनियाँ सरकार कुनै पनि हालतमा चुप लागेर बस्ने छैन,' चीनको समाचार एजेन्सी सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ।

'व्यापारिक अत्याचारमाथि विश्वव्यापी ऐक्यबद्धता विजयी हुन सक्छ,' चिनियाँ राज्यद्वारा सञ्चालित एक पत्रिकाले सम्पादकीयमा लेखेको छ।

लेखमा जापान, दक्षिण कोरिया र अन्य एसियाली अर्थतन्त्रहरूसँग बेइजिङको सहकार्यको उल्लेख गरिएको छ।

यसैबीच, चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओले युरोपेली व्यापार आयुक्त मारोस सेफकोभिक र मलेसियाली व्यापारमन्त्री जाफरुल अजिजसँग वार्ता गरेका छन्। एजेन्सी

प्रकाशित: २८ चैत्र २०८१ ०९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App