११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योल बर्खास्त

दक्षिण कोरियाको संवैधानिक अदालतले शुक्रबार राष्ट्रपति युन सुक-योललाई आधिकारिक रूपमा उनको पदबाट हटाएको छ। अदालतले सर्वसम्मतिले यो निर्णय दिएको हो। कोरियामा आगामी दुई महिनामा राष्ट्रपतिको चुनाव हुँदैछ।

योलले डिसेम्बर ३ मा देशमा 'मार्शल ल' घोषणा गरेका थिए। साथै, सेना र प्रहरी अधिकारीहरूलाई देशको संसद (राष्ट्रिय सभा) मा पठाइएको थियो।

यसपछि, डिसेम्बर १४ मा राष्ट्रिय सभाले राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो र उनलाई पदबाट हटाइएको थियो। प्रस्तावमा योलमाथि संविधान र अन्य कानुनहरूको उल्लंघन गरेको, व्यवस्थापिकाको स्वतन्त्रतामाथि आक्रमण गरेको र देशको शान्ति खलबल्याएको आरोप लगाइएको छ। एजेन्सी

प्रकाशित: २२ चैत्र २०८१ १०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App