१६ चैत्र २०८१ शनिबार
image/svg+xml १७:३३ अपराह्न
अन्तर्राष्ट्रिय

न्यूजील्याण्डको दक्षिण टापुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

फाइल तस्बिर

न्यूजील्याण्डको दक्षिण टापुमा मंगलबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अधिकारीहरूले विपद् व्यवस्थापन निकायले सुनामीको खतरा छ कि छैन भनेर जाँचिरहेको छ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन विभागले साउथल्याण्ड र फियोर्डल्याण्ड क्षेत्रका मानिसलाई समुद्र तटबाट टाढा रहन भनेको छ। चार हजार ७०० भन्दा बढी मानिसले भूकम्पको कम्पन महसुस गरेका छन्। 

स्थानीय मिडियाले सामान खसेको र भवन हल्लिएको बताएका छन्। जियोनेटका अनुसार भूकम्प स्नेरेस टापुबाट १६० किलोमिटर उत्तर–पश्चिममा ३३ किलोमिटर गहिराइमा गएको हो। यो टापु न्यूजील्याण्डको उप–अन्टार्टिक क्षेत्रको उत्तरी भागमा पर्छ।

अमेरिकी भूगर्भ सर्वेक्षणले सुरुमा ७ म्याग्निच्युडको भूकम्प १० किलोमिटर गहिराइमा गएको बताएको थियो। तर, अष्ट्रेलियाको मौसम विभागले मुख्य भूमि, टापु वा क्षेत्रमा सुनामीको खतरा नभएको जनाएको छ। न्यूजील्याण्ड ‘रिङ अफ फायर’ मा पर्छ, जुन प्रशान्त महासागर वरिपरि फैलिएको ४० हजार ००० किलोमिटर लामो ज्वालामुखी र समुद्री खाडलको क्षेत्र हो। रोयटर्स

प्रकाशित: १२ चैत्र २०८१ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App