७ माघ २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकालाई बाँदरको ‘झट्का’: देशव्यापी लोडसेडिङ !

<br>

श्रीलंकाको एक विद्युत् सब-स्टेशनमा पसेको बाँदरका कारण आइतबार देशव्यापी रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

स्थानीय समयअनुसार बिहान ११:३० बजेदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। तीन घण्टासम्म पनि पूर्ण रूपमा आपूर्ति सुरु हुन सकेको थिएन।

ऊर्जामन्त्री कुमारा जयकोडीका अनुसार एक बाँदरले ग्रिड ट्रान्सफर्मरमा छोएपछि प्रणालीमा असन्तुलन उत्पन्न भएको हो। उनले उक्त घटना कोलम्बोको दक्षिणी उपनगरमा भएको जानकारी दिए।

केही क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन भइसके पनि कहिलेसम्म सम्पूर्ण रूपमा बहाल हुने भन्ने स्पष्ट भइसकेको छैन। ‘हाम्रा इञ्जिनियरहरू सेवा छिटोभन्दा छिटो सुचारु गर्न प्रयास गरिरहेका छन्,’ मन्त्री जयकोडीले भने।

श्रीलंकाले सन् २०२२ को गर्मी याममा आर्थिक सङ्कटको कारण महिनौंसम्म लोडसेडिङ खेप्नुपरेको थियो। पेट्रोल र डिजेलको चरम अभावका कारण ताप विद्युत् उत्पादन केन्द्रहरूले दैनिक १३ घण्टासम्म विद्युत् आपूर्ति कटौती गर्नुपरेको थियो।

प्रकाशित: २७ माघ २०८१ १६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App