अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले मेक्सिको र क्यानडाबाट आयात गरिने सामग्रीमा २५–२५ प्रतिशत कर लगाए पनि चिनियाँ सामग्रीमा भने थप १० प्रतिशत कर लगाएको घोषणा गरेको छ।
राष्ट्रपति ट्रम्पले आफू सत्तामा पुगेको खण्डमा यस्तो कर लगाउने भनी पहिल्यै बताइसकेका थिए। ट्रम्पको पहिलो कार्यकालमा पनि चीन र अमेरिकाको व्यापारिक सम्बन्धमा असर परेको थियो। त्यो असर बाइडेनको कार्यकालमा पनि जारी नै रह्यो। पहिल्यै उच्च करको दर सामना गरिरहेका चिनियाँ सामग्रीमा थप १० प्रतिशत करले चिनियाँ उत्पादन वा चिनियाँ कारखानामा के असर पर्न सक्छ? यस विषयमा विभिन्न कोणबाट विश्लेषण भइरहेका छन्।
व्यवसायीहरूबिच चीन–अमेरिका सम्बन्धले कस्तो असर परिरहेको छ भनेर बिबिसीले चीनको एउटा काउब्वाई बुट कारखानाको भ्रमण ग¥यो। चीनको पूर्वी तटमा रहेको उक्त कारखानामा बुटलाई कसेर (दबाएर) हावा छिर्नबाट रोकिन्छ। त्यहाँ छालालाई आकार दिइन्छ। यसैको सहयोगले अमेरिकी काउब्वाई बुटले वास्तविक आकार पाउँछ।
अग्लो छतका बिचमा बुट निर्माणका क्रममा जोडजाड गर्ने एउटा पंक्ति छ। त्यहाँबाट सिलाइ गरेको, छाला काढेको मात्र नभएर अरू विभिन्न काम भइरहेको आवाज निरन्तर आइरन्छ। यो कारखानामा ४५ वर्षदेखि सेल्स म्यानेजरका रूपमा पेङले काम गरिरहेका छन्।
उनी आफ्नो पूरा नाम बताउन चाहिरहेका छैनन्। उनी भन्छन्, ‘पहिले हामी हरेक वर्ष १० लाख जोडा जुत्ता बेच्ने गथ्र्यौं। ट्रम्प अमेरिकाको राष्ट्रपति नबनुन्जेल यो क्रम जारी रह्यो।’ ट्रम्प राष्ट्रपति बन्नेबित्तिकै पहिलो कार्यकालमा लगाइएको करका कारण संसारका दुई ठुला अर्थव्यवस्थाहरूबीच व्यापार युद्ध सुरु भयो। ६ वर्षपछि ट्रम्प ह्वाइट हाउस फर्किएपछि दुई देशको कारोबार युद्धको अर्को पक्षका लागि चीनले आफैंलाई तयार गरिरहेको थियो।
पेङ सोध्छन्, ‘भविष्यमा हामीले कुन दिशा अपनाउनुपर्ला?’ पश्चिमा मुलुकहरू चीनको महत्वाकांक्षाबाट निकै चिन्तित छन्। व्यापार अहिले शक्तिशाली आदानप्रदानको माध्यम बन्न पुगेको छ। खासगरी सुस्त चिनियाँ अर्थव्यवस्था निर्यातमा बढी निर्भर छ। ट्रम्पले चीनमा बनेका सामग्रीमा १० प्रतिशत कर लगाउने चेतावनी दिएका थिए।
यो कर गएको १ फेब्रुअरीबाट सुरु भइसकेको छ। यो कर घोषणा हुनुअघि नै अधिकांश चिनियाँ कम्पनीहरूले भियतनाममा उत्पादन थालिसकेका छन्। खासगरी नाइकी, एडिडास र पुमाजस्ता प्रमुख कम्पनीहरूले पहिल्यै भियतनाममा आफ्नो कारखाना स्थापित गरिसकेका थिए। ती सबै कारखानाका लागि कच्चा पदार्थ भने चीनले नै दिन्छ। त्यसैले ऊ खेलाडी भइहाल्यो।
अर्कातर्फ कैयौं कारखाना चीनको मुख्य भूमिबाट अन्य दक्षिणपूर्वी एसियाली देशहरूमा सारिसकिएको छन्। सारिएका कम्पनीले कैयौं मजदुरहरू गुमाएका छन्। करिब २० वर्षदेखि काम गरिरहेका आफ्ना कर्मचारीहरू गुमाउनुपर्दा भने पेङ दुःखी छन्। चीनको नानटोङ सहरका यी मजदुरको अब के होला भन्ने चिन्ता उनलाई छ।
पेङकी पत्नीको मृत्यु निकै पहिले भइसकेको छ। उनको छोरो पनि हुर्किएर अन्तै गइसकेपछि अब उनको परिवार नै यही कारखाना थियो। ‘हाम्रा मालिकले कर्मचारीलाई एक्लो नछाड्ने दृढ संकल्प गरेका छन्,’ पेङले आश्वस्त हुँदै भन्ने गरेका छन्। तर उनलाई अहिलेको भूराजनीतिक अवस्थाबारे पूर्ण जानकारी छ। यस्तो अवस्थामा टिक्न सक्नु नै ठुलो कुरा हुन थालेको छ।
अर्कातर्फ कैयौं कारखाना चीनको मुख्य भूमिबाट अन्य दक्षिणपूर्वी एसियाली देशहरूमा सारिसकिएको छन्। सारिएका कम्पनीले कैयौं मजदुरहरू गुमाएका छन्। करिब २० वर्षदेखि काम गरिरहेका आफ्ना कर्मचारीहरू गुमाउनुपर्दा भने पेङ दुःखी छन्। चीनको नानटोङ सहरका यी मजदुरको अब के होला भन्ने चिन्ता उनलाई छ। पेङकी पत्नीको मृत्यु निकै पहिले भइसकेको छ। उनको छोरो पनि हुर्किएर अन्तै गइसकेपछि अब उनको परिवार नै यही कारखाना थियो। ‘हाम्रा मालिकले कर्मचारीलाई एक्लो नछाड्ने दृढ संकल्प गरेका छन्,’ पेङले आश्वस्त हुँदै भन्ने गरेका छन्। तर उनलाई अहिलेको भूराजनीतिक अवस्थाबारे पूर्ण जानकारी छ। यस्तो अवस्थामा टिक्न सक्नु नै ठुलो कुरा हुन थालेको छ।
ट्रम्पले सन् २०१९ मा १५ प्रतिशत कर लगाउँदा चीनमा बनेका कपडा र जुत्तामा ठुलो असर परेको थियो। त्यसयता नै पेङको कारखानाले काम पाउन छाडेको थियो। त्यो बेला ५०० भन्दा बढी कर्मचारी थिए। अहिले घटेर २०० मा सीमित हुन पुगेको छ। यसका प्रमाण खाली–खाली देखिने वर्क स्टेसन पनि हुन्। यहाँ अधिकांश छाला अमेरिकाबाट आयात गरिएको छ। लागत कम गर्ने दबाबका बिच कारखानाहरूले कुशल मजदुरहरू गुमाउनुपरेको थियो। खासमा तिनै मजदुरका कारण चीन संसारकै सबैभन्दा ठुलो निर्माता बनेको थियो। उनीहरूले बनाएको उम्दा सप्लाई चेनले चीनलाई सशक्त बनाएको थियो। यस्तो स्थिति बनाउन चीनले निकै लामो समय लगाएको थियो।
काउब्वाई बुट पश्चिमी अमेरिका ९वाइल्ड वेस्ट० लाई जित्न अग्रिम पंक्तिका सैनिकहरूका लागि बनाइएको थियो। यो काउब्वाई बुट अचेल अमेरिकामा बनाइँदैन। एक दशकयता चीनमै त्यस्तो बुट बनाइन्छ। यो चङ्सु प्रान्तको एउटा पहिचान नै अमेरिकी काउब्वाई बुटले बनाएको छ। यहाँको याङ्जी नदीकिनारमा एउटा कारखाना छ। यहाँ बुट बनाउने मात्र नभएर अन्य कयौं कारखाना छन्। चीनले उत्पादन गर्ने अर्बौं डलरका सामग्रीहरूमध्ये यो एउटा हो। बिजुली गाडीदेखि धेरै कुर यहाँका कारखानामा उत्पादन हुन्छन् र अमेरिका पुग्छन्। सस्तो दाममा बनाइने हुँदा त्यसलाई अमेरिकाले किनिरह्यो।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा विशेष व्यापारिक सम्बन्धमा करको दरले साँध लगाइदिए। त्यसपछि बाइडेनले पनि त्यो साँध खोलेनन्। चीनसँग सम्बन्ध बिग्रँदै जाँदा बाइडेनले पनि त्यो साँध खोल्ने आँट गर्न सकेनन्। उता युरोपेली संघले पनि इलेक्ट्रिक गाडीको आयातमा शुल्क लगाएको छ। चीनले सरकारी सहयोगका कारण सस्तो दरमा बढीभन्दा बढी उत्पादन गरिरहेको आरोप संघले लगाइरहेको छ। चीनको अनुचित कारोबार व्यवस्थाका कारण अन्य कम्पनीको प्रतिस्पर्धात्मक क्षमता नष्ट गरेको आरोप ट्रम्पको छ।
अर्कातर्फ कैयौं कारखाना चीनको मुख्य भूमिबाट अन्य दक्षिणपूर्वी एसियाली देशहरूमा सारिसकिएको छन्। सारिएका कम्पनीले कैयौं मजदुरहरू गुमाएका छन्। करिब २० वर्षदेखि काम गरिरहेका आफ्ना कर्मचारीहरू गुमाउनुपर्दा भने पेङ दुःखी छन्। चीनको नानटोङ सहरका यी मजदुरको अब के होला भन्ने चिन्ता उनलाई छ। पेङकी पत्नीको मृत्यु निकै पहिले भइसकेको छ। उनको छोरो पनि हुर्किएर अन्तै गइसकेपछि अब उनको परिवार नै यही कारखाना थियो। ‘हाम्रा मालिकले कर्मचारीलाई एक्लो नछाड्ने दृढ संकल्प गरेका छन्,’ पेङले आश्वस्त हुँदै भन्ने गरेका छन्। तर उनलाई अहिलेको भूराजनीतिक अवस्थाबारे पूर्ण जानकारी छ। यस्तो अवस्थामा टिक्न सक्नु नै ठुलो कुरा हुन थालेको छ।
यस्तो आरोपको जवाफमा चीनले यो व्यापार युद्धले कसैलाई फाइदा नहुने चेतावनी दिइसकेको छ। उसले मतभेदलाई उचित तरिकाले निर्मूल गर्न चीन तयार रहेको पनि बताइरहेको छ। ट्रम्पले कडा रूपमा करको दर थोपरेर चीनबाट आफूले के खोजेको हो भन्ने प्रस्ट पारिसकेका छैनन्। उनको पहिलो कार्यकालमा उनी उत्तर कोरियाका नेता किम जोङ उनसँग भेट्न चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सहयोग माग्न बेइजिङ पुगेका थिए। युक्रेनमा युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्झौता गर्न उनलाई सी जिनपिङको सहयोग चाहिन्छ। ट्रम्पले पछिल्लो समय चीनसँग यो मामिलामा निकै ठुलो क्षमता भएको बताउँदै आएका छन्।
चीनलाई थप १० प्रतिशत कर लगाउनुका पछाडि केही कारण छन्। मेक्सिको र क्यानडालाई चीनले फेन्टेनाइल बेच्छ। औषधीका लागि प्रयोग हुने यी कच्चा पदार्थ उनीहरूलाई दिन रोक्न चीनले सशक्त कदम चाल्नुपर्ने ट्रम्पको बुझाइ छ। उता टिकटक पनि चीनले अमेरिकीहरूलाई बेचोस् भन्ने चाहना उनमा देखिन्छ। यसका लागि पनि चीनको सहमति आवश्यक छ। यस्ता अनेक सम्झौता गरिएका खण्डमा मात्र चीन र अमेरिकाबीचको सम्बन्ध पुनःस्थापित हुन सक्छ।
सम्झौता नभएका खण्डमा अमेरिका र चीनबीच योभन्दा बढी सम्बन्ध बिग्रन सक्ने देखिन्छ। चीनस्थित अमेरिकन चेम्बर अफ कमर्सको वार्षिक सर्वेक्षणअनुसार अमेरिकामा आधाभन्दा बढी मानिस अमेरिका र चीनबीचको सम्बन्ध बिग्रने कुरालाई लिएर चिन्तित छन्। यी सारा कुराले के देखिन्छ भने चीनलाई लगाइएको कर चीनलाई पूरै बाहेक गर्ने उद्देश्यले भन्दा पनि आफ्नो हात माथि पार्ने उद्देश्य देखिन्छ। यस्तो करको दरले अमेरिकाभित्रै कारखाना स्थापित गर्न सहयोग पुग्ने भनिन्छ। तर कारखाना स्थापना गर्नेतर्फ अमेरिकीहरूको रुचि त्यति देखिएको छैन।
बरु चीनबाहिर चिनियाँ कम्पनीहरूले आफूलाई चाँडै नै स्थापित गर्ने प्रयास जोडतोड चलिरहेको छ। कम्बोडियाली राजधानी नोमपेन्हमा व्यवसायी हुआङ झाओदोङले वालमार्ट र कस्टकोका लागि सामान बनाउने नयाँ कारखाना खोलेका छन्। कम्बोडियामा उनको यो दोस्रो कारखाना हो। यसमा सर्टदेखि अन्डरवेयरसम्म बनाइन्छ। उनले हरेक महिना पाँच लाख कपडा बनाउँछन्। अब अमेरिकीहरूसँग बहाना छ, यो चीनमा बनेको सामग्री होइन।
तर चीनमा नबन्दका अवस्थामा जुन महँगी खप्नुपर्ने हुन्छ, त्यो सर्वसाधारणको भागमा पर्छ। चीनबाट बनेका यही कपडा अमेरिका पुग्ने हो भने उनले कारखाना नै चलाउन नसक्ने अवस्था आउने थियो। त्यसैले कम्बोडिया छिर्नुपर्यो। हुवाङकै नियति अरूले पनि भोग्ने हुनाले उनीहरूले विभिन्न मुलुकमा कारखाना खोल्दैछन्। रिसर्च एन्ड मार्केट्स ग्रुपको रिपोर्टअनुसार कम्बोडियामा ९० प्रतिशत कपडा कारखाना चिनियाँबाट सञ्चालित वा चिनियाँ स्वामित्वका छन्। कम्बोडियाको विदेशी लगानीको आधा भाग चीनबाट आउने गरेको छ। कम्बोडियाले ७० प्रतिशत सडक र पुल चीनको ऋणबाट बनाएको छ।
अमेरिकीले लगाएको करले कम्बोडियालाई लाभ पुगिरहेको छ। तर बेल्ट एन्ड रोड इनिसिएटिभका कारण चीनले छिमेकीसँग यति राम्रो सम्बन्ध बनाएको छ कि ऊसँग अब विकल्पैविकल्प छन्, अमेरिकाको मुख ताकिरहनुपरेको छैन। त्यसो त यस्तो अवस्था रातारात बनेको पनि होइन। चीनले व्यापक तयारी गरेका कारण यो सम्भव भएको हो। अहिले ट्रम्प कार्यकालमा चिनियाँ कम्पनीमाथि नजर भए पनि भविष्यमा चिनियाँ सप्लाई चेनमाथि कर लाग्नेछ। त्यसपछि तेस्रो चरणमा चिनियाँ कम्पनीले उत्पादन गरिरहेका विभिन्न मुलुकका कारखानामा कर थपिनेछ। तर चीनले अमेरिकाको साटो अन्य देशमा आफ्नो पर्याप्त बजार विस्तार गर्ने तयारी अहिलेदेखि नै गरिरहेको छ। उदाहरणका रूपमा उसले अफ्रिका तथा दक्षिण अमेरिकामा गरेको व्यापक लगानी हेर्दा पुग्छ।
दक्षिणपूर्वी एसियाली मुलुकमा चीनले गरेको व्यापक लगानीका कारण अहिले नै अमेरिकाभन्दा चीन लोकप्रिय देश बनिसकेको छ। अर्कोतर्फ कम्बोडियाका कारखानामा उत्पादन हुने कपडाका लागि बनाइने कच्चा पदार्थ ६० प्रतिशत चीनबाट नै आउने गर्छ। यसरी करयुद्धमा पनि अमेरिकाले अन्ततः हार्ने लक्षण देखिएको विश्लेषकहरूको दाबी छ। बिबिसी
प्रकाशित: २२ माघ २०८१ ०७:५८ मंगलबार