६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कर लगाएपछि ट्रम्पले भने : क्यानडा र मेक्सिकोसँग कुरा गर्छु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाएपछि सोमबार वार्ता गर्ने बताएका छन्। आइतबार, राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत र चीनमाथि १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए।

ट्रम्पले भने, ‘म सोमबार मेक्सिको र क्यानडाका नेताहरूसँग करका बारेमा कुरा गर्नेछु। अमेरिकाले क्यानडा र मेक्सिकोमा लगाएको शुल्क मंगलबार रातिदेखि लागू हुनेछ।’

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबामले प्रतिक्रियास्वरूप अमेरिकामाथि पनि शुल्क लगाउने कुरा गरेका थिए। ट्रुडोले भनेका थिए, ‘डोनाल्ड ट्रम्पले लगाएको करको जवाफमा क्यानडाले पनि कर लगाउनेछ। मेरो सरकारले अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत शुल्क लगाउनेछ।’

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबामले पनि आफ्नो देशले कुनै पनि प्रकारको द्वन्द्व नचाहेको बताउँदै जवाफका लागि तयार भएको बताइन्। उनले भनिन्, ‘हामी अमेरिकाविरुद्ध कर सहित प्रतिशोधात्मक कारबाही गर्नेछौँ।’ 

चीनले पनि ट्रम्पको निर्णयलाई गलत भन्दै जवाफ दिने बताएको छ। यस व्यापार युद्धको सम्भावनाले तीन देशबीचको सम्बन्धलाई नयाँ मोडमा लैजान सक्ने देखिन्छ।

प्रकाशित: २१ माघ २०८१ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App