इरानको सर्वोच्च अदालतबाहिर दुई न्यायाधीशको गोली हानेर हत्या भएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुई न्यायाधीशलाई गोली हानेपछि हमलावरले आफूलाई पनि गोली हानेका थिए ।
बिबिसीले जनाएअनुसार अहिलेसम्म न्यायाधीश हत्याको कारण खुलेको छैन । यद्यपि मारिएका न्यायाधीशहरू इस्लामिक शासन विरोधी विचार राख्नेहरूमाथि उत्पीडन र हिंसाका भूमिका खेल्नेहरू रहेको भनिएको छ ।
प्रकाशित: ५ माघ २०८१ १७:४८ शनिबार