५ माघ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी सेनासँग काम गर्ने १२ भारतीय मारिए, १६ बेपत्ता

भारतको विदेश मन्त्रालयले रुस–युक्रेन युद्धमा १२ जना भारतीय नागरिक मारिएको जानकारी दिएको छ। रुसले १६ जना भारतीय बेपत्ता भएको र १२ को मृत्यु भएको बताएको मन्त्रालयले शुक्रबार जानकारी दिएको हो। 

मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार रूसी सेनामा भर्ती भएका १२६ भारतीयमध्ये ९६ जना फर्किएका छन्। १८ जना अझै सेवामा छन्। उनले भने, ‘रुसी सेनामा १८ जना भारतीय नागरिक रहेका छन् र तीमध्ये १६ जनाको ठेगाना थाहा छैन। रूसी पक्षले उनीहरूलाई बेपत्ताको रूपमा वर्गीकृत गरेको छ। हामी उनीहरूलाई छिटो रिहाइ र स्वदेश फिर्ता गर्न खोजिरहेका छौँ।’

युक्रेन युद्धमा एक भारतीयको मृत्यु भएको छ भने अर्का घाइते छन्। उनीहरू दुवै दक्षिण भारतीय राज्य केरलाका हुन्। सरकारले शव र घाइतेलाई फिर्ता गर्न र बाँकी भारतीयहरूलाई छिटो फिर्ता गर्न माग गरेको छ।

प्रकाशित: ५ माघ २०८१ १४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App