पाकिस्तानको एक अदालतले शुक्रबार पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई अल कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ। इमरानलाई १४ वर्ष र बुशरालाई ७ वर्षको जेल सजाय सुनाइएको छ। दुवैमाथि राष्ट्रिय कोषमा ५० अर्ब पाकिस्तानी रुपैयाँ नोक्सान गरेको आरोप छ।
अल-कादिर ट्रस्ट मुद्दामा इमरान खानलाई मे ९ मा पक्राउ गरिएको थियो। यसपछि देशका धेरै महत्त्वपूर्ण सैन्य अखडाहरूमा आक्रमण भएको थियो। खानको पार्टी पीटीआईले गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा अपिल गरेको थियो।
इमरान खान अगस्ट २०२३ देखि अडियाला जेलमा छन्। उनलाई सजाय सुनाउन कारागारमै एउटा अस्थायी अदालत बनाइएको थियो। एजेन्सी
प्रकाशित: ४ माघ २०८१ १३:४६ शुक्रबार