११ माघ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युनको पक्राउमा अवरोध गरेको भन्दै राष्ट्रपति सुरक्षा प्रमुखविरुद्ध मुद्दा दायर

दक्षिण कोरियाको संयुक्त अनुसन्धान इकाइले राष्ट्रपति युन सुक–योलको पक्राउमा अवरोध गरेको आरोपमा राष्ट्रपति सुरक्षा सेवाका प्रमुखलाई सोधपुछका लागि बोलाएको छ।

उच्च पदस्थ अधिकारीहरूका लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ), राष्ट्रिय अनुसन्धान कार्यालय (एनओआई) र रक्षा मन्त्रालयको अनुसन्धान मुख्यालय सम्मिलित अनुसन्धान इकाइका एक अधिकारीले इकाइले प्रमुख र उपप्रमुखलाई पेस गरेको थियो। अधिकारीले सुरक्षा प्रमुख र उपप्रमुखलाई युनलाई पक्राउ गर्न वारेन्टको कार्यान्वयनमा अवरोध गरेको आरोपमा मुद्दा दायर गरिएको जनाएका छन्।

सीआईओ अन्वेषकहरू र प्रहरी अधिकारीहरूको समूहले शुक्रबार मध्य सियोलको राष्ट्रपति निवासमा युनलाई पक्राउ गर्ने प्रयास गरेका थिए। तर उनीहरूले सयौं सुरक्षा सेवा एजेन्टहरू र सिपाहीहरूसँग करिब साढे पाँच घण्टासम्म सामना गरेका थिए।

युन विरुद्धको महाभियोग प्रश्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभाले पारित गरेको थियो। यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको छ। जुन अवधिमा युनको राष्ट्रपतिको शक्ति निलम्बित छ। एजेन्सी

प्रकाशित: २१ पुस २०८१ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App