११ माघ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक दशकपछि बढ्यो सगरमाथा आरोहण शुल्क

नेपालले लगभग एक दशकपछि पहिलो पटक सगरमाथा आरोहणको शुल्क बढाएको छ। अब पर्वतारोहीहरूले थप चार हजार अमेरिकी डलर खर्च गर्नुपर्नेछ। 

सरकारले अनुमति शुल्क ३६ प्रतिशतले वृद्धि गरी सेप्टेम्बरदेखि लागू हुनेगरी ११ हजारबाट १५ हजार डलर पुर्‍याएको हो। अप्रिल–मे सिजनको लागि यो नयाँ शुल्क लागू हुनेछ। कम चाप हुने सिजनहरूमा शुल्क क्रमशः सात हजार पाँच सय र तीन हजार सात सय पचास डलर हुनेछ। सगरमाथा आरोहणबाट नेपालले ठूलो मात्रामा राजस्व र रोजगारी पाउँदै आएको छ। 

पर्यटन विभागका महानिर्देशक नारायण प्रसाद रेग्मीले शुल्क बढाउनुलाई "अपडेट" भनेका छन्। हरेक वर्ष करिब ३०० जनाले सगरमाथा आरोहणको अनुमति पाउँछन्। वातावरण संरक्षण र सुरक्षाका लागि अतिरिक्त कोष प्रयोग हुने आशा गरिएको छ।

प्रकाशित: ११ माघ २०८१ १५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App