१२ माघ २०८१ शनिबार
image/svg+xml
राजनीति

नक्कली निवेदनमार्फत उम्मेदवारी फिर्ता लिइएपछि क्रान्तिकारीको निर्वाचनमा तनाव

अखिल (क्रान्तिकारी) को निर्वाचनमा तनाव सृजना भएको छ। नक्कली निवेदनका आधारमा केही उम्मेदवारहरूको उम्मेदवारी फिर्ता लिइएपछि तनाव सृजना भएको हो।

अध्यक्षका उम्मेदवार सुदिन पौडेल, महासचिवका उम्मेदवारद्वय तिर्सना हमाल र पदम काफ्लेको उम्मेदवारी फिर्ता लिइएपछि तनाव भएको हो।

महासचिवका उम्मेदवार तिर्सना हमालले नागरिकसँग भनिन्, 'अरू नै कसैले मलगायत केही उम्मेदवार साथीहरूको उम्मेदवारी नक्कली निवेदन पेस गरेर फिर्ता लिइ दिनुभएछ। यसरी हुँदैन।'

उनले निर्वाचन समितिको यसबारे ध्यानाकर्षण गराएको जनाएका छन्। समस्या समाधान गरेर मात्रै मतदानको कार्यक्रम सुरु गर्नुपर्ने माग उनको छ।

प्रकाशित: ११ माघ २०८१ १९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App