१२ माघ २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं विश्वविद्यालयका विद्यार्थीसँग अध्यक्ष राई

असिम राई।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले काठमाडौं विश्वविद्यालय (केयू)का विद्यार्थीहरूसँग अन्तर्क्रिया गरेका छन्।

अध्यक्ष राईले शुक्रबार (आज) विश्वविद्यालयको स्कूल अफ आर्टअन्तर्गतको भाषा तथा आमसञ्चार विभागको स्नातक तहका विद्यार्थीहरूसँग 'ब्रिजिङ थेरी एन्ड प्राक्टिस: इन्साइट इन्टू डेभलोपमेन्ट कम्युनिकेसन इन नेपाल्स लोकल गभमेन्स' विषयमा अन्तर्क्रिया गरेका हुन्।

विद्यार्थीहरूसँग अध्यक्ष राई।

अन्तर्क्रियापछि अध्यक्ष राईले आफ्नो व्यावहारिक ज्ञान, सिकाइ, अनुभव र धारणाले विद्यार्थीहरूमा ज्ञानको दायरा फराकिलो बनाउन मद्दत पुग्नेमा विश्वास गरेका छन्।

'विद्यार्थीहरूले देखाएको उत्साहजनक सहभागिताले म स्वंयमलाई पनि ऊर्जा र सिकाइको दृष्टिकोणमा राम्रो पाठ पाएको अनुभूति गरेको छु। जेन्जी जेनेरेसनसँगको मेरो छलफल र बहसको यात्रा अझै घनीभूत र औचित्यपूर्ण ढङ्गबाट अगाडि बढिरहने नै छ। नेतृत्वको हरेक कोण, दृष्टिकोण र पहेली केलाउने हुटहुटी सधैँ रहनेछ,' उनले भनेका छन्।

प्रकाशित: ११ माघ २०८१ २१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App