२० पुस २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा ७ दिने राष्ट्रिय शोक, सबै एयरलाइन्सको छानबिन आदेश

दक्षिण कोरियामा विमान दुर्घटनापछि कार्यवाहक राष्ट्रपति चोई साङ मोकले सोमबार देशमा ७ दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्। यससँगै उनले सबै एयरलाइन्स प्रणालीको छानबिन गर्न निर्देशन दिएका छन्। 

आइतबार, बैंककबाट आउँदै गरेको जेजु एयरको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा गियर फेल भएपछि दुर्घटनाग्रस्त भएको थियो। विमानमा सवार १८१ जना यात्रुमध्ये १७९ जनाको मृत्यु भएको छ।

दुर्घटनामा बाँचेका दुई जना हाल उपचाररत छन्। दुर्घटनाको कारण पत्ता लगाउन, दुई ब्ल्याक बक्स, उडान डाटा र भ्वाइस रेकर्डर फेला पारिएका छन्। यी रेकर्डरहरूको विश्लेषण सियोलमा गरिनेछ, र आवश्यक परे अमेरिकामा पठाइनेछ।

प्रकाशित: १६ पुस २०८१ १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App